Aamsanchar

नदीमा डुबेर बालकको मृत्यु

Author Image
सोमवार, असोज ८, २०७५

घोडाघोडी, 

नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

मृत्युहुनेमा घोडाघोडी नगरपालिका–४ का अर्जुन धामीका नौ वर्षीय छोरा विवेक धामी रहेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।

स्थानीय सीताकुण्ड माध्यमिक विद्यालय कक्षा २ मा अध्ययनरत बालक विवेक साथीसँग नदीमा पौडी खेल्न गएकाबेला डुबेपछि स्थानीयवासीले उद्धार गरी सुख्खडस्थित घोडाघोडी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

Views: 236

प्रतिक्रिया (०)