[बिष्णुप्रसाद पोखरेल]
दमक (झापा)।
झापा दमक ११ स्थित सूर्योदय टोलमा संघीय लिम्बुवान पार्टी नेपालका महासचिब देउकुमार नेम्बाङले आफ्नो घरको चौधो तलाको छतमा अढाइ फूट लामो घिरौला फलाएपछि अहिले हेर्न आउनेको घूइचो हुन थालेको छ । बिगत ५ बर्षदेखि आफूले प्रयोग गर्नका लागि छतमा शब्जि लगाउने क्रममा गत फागुणमा रोपिएको घिरौला अहिले फल्न थालेर एउटा अढाई फूट लामो भएको र अझै बढ्ने क्रममा रहेको लिङदेनले बताउनु भयो ।
बजारमा घर रहेकाले आफ्नो करेसाबारी नभएकाले छत प्रयोग गर्ने सोच अनुसार फिन्डि, बिभिन्न प्रजातीको साग, बोडि, घिरौला, अकबरे खुर्सानी लगायतका शब्जिहरु लगाइएकोमा घिरौला सबैभन्दा सप्रेर आएको र आफ्नो समाजिक सञ्चालनमा फोटो हालेपछि दिनहु रुपमा बिभिन्न प्रशासनिक,राजनीतिक, शैक्षिक लगायतका ब्याक्तिहरु आएर अवलोकन गर्न थालेको उहााले जनाउनु भयो ।
शुरु देखि नै निक्कै सप्रेर आएकाले त्यो नटिपि राखेर दिनहु् जसो अहिले पनि बढिरहेकाले यसबाट बिउ निकाल्ने आफ्नो सोच रहेको नेम्बाङले बताउनु भयो । कु्नै पनि प्रकारको रसायनिक मल र बिषादीहरु प्रयोग नगरि छत तथा कौशिमा लगाईएको शब्जिले मनग्यै खान पुगेको उहााको भनाई छ । बाहिर गएर खासै शब्जि किन्नु नपरेको र यहाा आएर हेरेर अरुले पनि यसको शिको गर्न थालेकाले आफूलाई खुसि लाग्ने गरेको नेम्बाङ बताउनु हुन्छ ।
घरको छतमा नै ब्यवसायिक रुपमा खरायो पालन गर्दै आउनु भएका नेम्बाङले खरायोको बड्केउला(मल) प्रयोगले सबै लगाएको सागशब्जि फस्टाएको जनाउनु भयो । खरायो मेची अञ्चलको इलाम, पााचथर र ताप्लेजुङसम्म आफूबाट उपभोक्ताले लगेको जनाउदै यसबाट दाहोरो फाइदा पुगेको उहााको भनाई थियो । उहााले भन्नुभयो–‘ब्यवसायिक रुपमा खरायो पालनले गर्दा बाहिरबाट कुनै प्रकारको मल किन्नु परेको छैन ।’
आफूले यो उमेरसम्म आइपुग्दा यति ठूलो घिरौला कहि कतै कहिल्यै पनि नदेखेको र अहिले आफ्नै छतमा यत्रो फल्दा आफै पनि अचम्मित भएको उहााको भनाई छ । उहााले भन्नभयो–‘यत्रो घिरौला फल्छ होला भनेर सोचेको पनि थिइन ।’ पार्टीका नेताहरुले कृषिमा क्रान्ति, परिवर्तन लगायतको कुरा गर्ने गरेपनि कृषिको बिषयमा ज्ञान नभएको भनेर आलोचना गर्नेहरु अहिले नेम्बाङले छतमा यसरी सागशब्जि फलाएपछि अचम्मित भएकाछन् ।
कौशि तथा घरको छतमा जडिबुटि र सागशब्जि लगाउनका लागि प्रेरित गर्दै आउनु भएका अभियान्ता गंगा ढकालका अनुसार दमकमा अहिले छतमा खेती गर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ । बाहिर किनेर ल्याईएको सागशब्जिमा बिषादी हुने भएकाले प्रयोग बिहिन रहेको छतको उपयोग गरेर आफूलाई आवश्यक सागशब्जि उत्पादन गर्नु ज्यादै लाभदायक हुने उहााको भनाई छ । ढकालले पनि छतमा नै मेवा, सागशब्जि र बिभिन्न प्रजातीका बोट बिरुवाहरु हुर्काउनु भएको छ ।