Aamsanchar

पत्रकार रमेश र मोडल श्रेया विवाहबन्धनमा

Author Image
आइतवार, साउन २३, २०७३
Ramesh Tiwari 01

सञ्चारकर्मी तथा मोडल रमेश तिवारीले विवाह गरेका छन । उनले शुक्रवार झापा विर्तामोडकी श्रेया भण्डारीसंग विवाह गरेका हुन । भर्खरै दुवईबाट फर्कीएकी श्रेयासंग रमेशले मागी विवाह गरेको समाचार आमस्ंचारलाई प्राप्त भएको छ । शुक्रवार झापाको जामुनखाडीमा सम्पन्न भएको विवाहमा बेहुलीका आफनतसंगै हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुईटेल ‘बोकेदारी’ पनि सहभागी थिए ।

हिन्दु संस्कार अनुसार विवाह मण्डपमा दुलाहदुलही देखिएपनि अचम्मको कुरा पण्डित भने थिएनन । विवाहमा हर्ताकर्ताका रुपमा रहेका युवराज वाईबाले मण्डपमा रहेका दुलहीलाई सिन्दुर लगाईदिन दुलाह रमेशलाई भनेपछी उनले शिन्दुर सहित पोते पनि लगाई दिएका थिए । कुनै पण्डित बिनानै गरीएको यो बिवाह कस्तो बिवाह हो ?

Ramesh Tiwari 04

योे प्रशङ्ग म्युजिक भिडियो सुटिङ्गको हो । गायक कृष्ण भण्डारीको आवाजमा रहेको गीत ‘तिमीले बिहे गर्यौ अरे’को शुक्रवार झापाको पर्यटकीय क्षेत्र जामुनखाडी सिमसारमा छायाँकन सम्पन्न भएको छ । देबदत्त भट्टको शब्द रहेको यो गीतलाई गायक भण्डारीलेनै संगीत गरेका हुन ।

‘तिम्रो घरको गल्ली हुँदै हिँडिरहे म’ वोलको गीतबाट चर्चामा आएका भण्डारीले गीतसंगीतमा निकै मेहनत गर्छन । भजन गायकका रुपमा चिनिएका भण्डारी गायनमा मात्र होइन संगीत गर्न पनि निक्कै अब्बल रहेका छन । उनले दर्जनो भजनहरुमा पनि आवाज भरिसकेका छन ।

‘तिमीले बिहे गर्यौ अरे’मा र्चचित मोडल बिनोद न्यौपाने, श्रेया भण्डारी र सञ्चारकर्मी रमेश तिवारीको अभिनय रहेको छ । पछिल्लो समय निकै लोकप्रिय बनेका म्युजिक भिडियो निर्देशक युवराज वाईबाले यसको निर्देशन गरेका हुन । मायालुसंग टाढीएको महसुस भएपछी आफुमा भएको छटपटावटलाई कथा बस्तु बनाईएको निर्देशक वाईबाले बताए । बिक्रम डिसी र तिलक रिजालको छायाङ्गकन रहेको यो भिडियोलाई केही दिनमा सार्वजनिक गरीने बताईएको छ ।सेल्फी खबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर