काठमाडौं ,
देशभर बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन एको क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भिटामिन ए र जुकाको औषधिसँगै ५ वर्ष मुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइनेछ । मन्त्रालयले नजिकैको स्वास्थ्य संस्था या वितरण केन्द्रमा आफूलाई पायकपर्ने समयमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खवाउन लैजान आग्रह गरेको छ ।
यो अभियानका क्रममा बालबालिकाको पोषणका लागि बालभिटा पनि वितरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 210