Aamsanchar

वृद्धवृद्धा सम्मानित

Author Image
शुक्रवार, कार्तिक १६, २०७५

सङ्खुवासभा,

मनमोहन स्मृति प्रतिष्ठानले चैनपुर नगरपालिका क्षेत्रभित्रका वृद्धवृद्धालाई  सम्मान गरेको छ ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानद्धारा आयोजित सो कार्यक्रममा वृद्धवृद्धालाई सम्मान गर्दै प्रदेश सरकारले आउँदो अधिवेशनदेखि वृद्धवृद्धाको कार्यक्रमलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो कार्यक्रममा १०१ वर्षीया हरिमाया खड्कासहित २२ वृद्धवृद्धालाई रु दुई हजार र प्रमाणपत्र दिइएको महासचिव मुक्तिनाथ गौतमले जानकारी दिनुभयो ।

मानेभञ्ज्याङस्थित स्पोर्टिङ क्लबद्वारा आयोजित फुटबल प्रतियोगितासमेत उहाँले उद्घाटन गर्नुभएको थियो । यसैबीच मन्त्री घिमिरेले जिल्लाका सरकारी कार्यालय प्रमुखलाई जनताका पक्षमा काम गर्न निर्देशन दिनुभएको थियो ।

Views: 325

प्रतिक्रिया (०)