Aamsanchar

गुण्डा नाइके पक्राउ

Author Image
मङ्गलवार, साउन २५, २०७३

बनेपा  ।

प्रहरीले काभ्रेपलाञ्चोकको भीमखोरी गाविस–२ निवासी २८ वर्षीय निमा लामालाई ललितपुरको जावलाखेलबाट पक्राउ गरेको छ ।

अवैध रकम असुली गरेको र गुण्डागर्दीमा संलग्न भएको आशङ्कामा लामो समयपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

उनलाई आज नै जिल्ला अदालतबाट म्याद थप गरी सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ । उनीसँगै रहेका अन्य साता जना फरार रहेको प्रहरीले जनाएको छ ।

Views: 166

प्रतिक्रिया (०)