पाँचथर।

पाँचथरको च्याङ्थापु गाविसको वडा नम्बर ७ र २ को सिमानामा पर्ने लब्बा खोलाको किनारमा सोमबार एक युवक मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार अन्दाजी ३०÷३५ वर्षको जस्तो देखिने, अनुहार पूरै नचिनिने अवस्थामा शव फेला परेको हो । शव कसको हो भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

दुगन्धित अवस्थामा मानिसको लास रहेको जानकारी पाएपछि सीमा प्रहरी चौकी च्याङथापुबाट प्रहरी टोली खटीई प्रारम्भिक अनुसन्धान गरी शवलाई परीक्षणका लागि सदरमुकाम फिदिम ल्याइँदै गरेको जनाइएको छ ।


Views: 174

