Aamsanchar

२ महिने गर्भवतीलाई ६ महिनादेखि दाम्लोमा बाधेर राख्दा……

Author Image
मङ्गलवार, साउन २५, २०७३

pregnent-1024x768

उदयपुर ।

थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेपनि जताततै भ्वाङ, बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधीएर बसेकी एक गर्भवती महिला । गर्भवती अवस्थामा नियमित व्यायाम, स्याहार सुसार र खानपीनमा विशेष पोष्टिक आहारको आवश्यकता पर्छ । तर उदयपुरको त्रियुगा नगरपालिकाकी एक महिलालाई भने  विगत ६ महिनादेखि घरमै बाधेर राखिएको छ ।

मानसिक रोग लागेकी त्रियुगा नगरपालिका वडा नंं ५ भातिखर्ककी २२ बर्षिया सृजना कार्की (खड्का) उपचार अभावमा बाँधिएर बस्न बाँध्य भएकी हुन् । २ महिने गर्भवतीलाई श्रीमान्ले समेत छाडेर हिडेपछि उनी विचल्लीमा परेकी छिन् ।

छोराले छाडेर हिडेपछि बृद्ध सासु ससुरालाई बिरामी बुहारीको बोझ थपिएको ससुरा भिम बहादुर खड्काले बताए । उनले भने ‘छोरा कहाँ गयो अत्तोपत्तो छैन, विरामी बुहारीको हामी बुढाबुुढीले कसरी स्याहार गरौं ।’

सिन्धुलीको लदाभिर गाविसबाट २०७० फागुनमा विवाह भई गाईघाट आएकी खड्काको माईतीपक्ष समेत विरामी भएपछि हेर्न समेत नआएको ससुराले गुनासो गर्दै भने ‘बुहारी विरामी भएको यत्रो दिन भयो तर जन्म दिने बुबा, आमा त भेट गर्न आउनु पर्ने हो उनीहरु पनि आएका छैनन् ।’

७१ जेठमा पाटन अस्पताल गएर चेक जाँच गराएकोमा नियमित चिकित्सकको निगरानीमा औषधी सेवन गर्नु भनेको थियो तर आर्थिक अभाव भएकाले पुनः पाटन लान सकिएको छैन न्याउरो मुख लगाउदै खड्काले गुनासो गरे । ‘एक त मानसिक रोगी त्यसमाथी खुट्टामा घाउ भएर प्mयात्तै पाकेको छ उपचार गर्न पैसा छैन’ भिमबहादुरले भक्कानिदै भने ।

गर्भवती महिला उपचार अभाव भएकै कारण बाँधिएर बस्नु दुखद भएको महिला अधिकारकर्मी महेश्वरी राईले बताईन् । गैरसरकारी संस्था महासंघ उदयपुरको अध्यक्ष समेत रहेकी राईले भनिन् ‘हामी अधिकारकर्मीहरुको पहलमा बैठक बसेर के सहयोग गर्न सकिन्छ भनेर छलफल गर्ने छौं ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर