Aamsanchar

व्यवसायी सङ्घद्धारा मिर्गौला पीडितलाई सहयोग

Author Image
बुधवार, साउन २६, २०७३

इलाम।

download (2)

मिर्गौला पीडित मानबहादुर राईको उपचारका लागि निर्माण व्यवसायी सङ्घ इलामले ५० हजार रूपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

दुवै मिर्गौलाको रोगबाट थलिनुभएका इलाम नगरपालिका–२ निवासी मानबहादुर राईको उपचारका लागि व्यवसायी सङ्घका अध्यक्ष राजकुमार भक्तराजले ५० हजार रूपैयाँ मानबहादुर राई उपचार सहयोग समितिका संयोजक हुकुमलाल थेवेलाई मङ्गलबार हस्तान्तरण गर्नुभयो ।

राईको उपचारका लागि देश–विदेशबाट करिब रु छ लाख सङ्कलन भइसकेको बताइएको छ । राईको दुवै मिर्गौला प्रत्यारोपण गर्न करिब १२ लाख रूपैयाँ लाग्ने बताएपछि इलामे युवा उनको उपचारका लागि सहयोग सङ्कलन गर्न व्यस्त भएको अध्यक्ष थेवेले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर