Aamsanchar

बालिका बलात्कार गर्ने विनोद र राजकुमार पक्राउ

Author Image
बिहिवार, साउन २७, २०७३

balatkar

भद्रपुर ।
झापा गरामनी गाविसकी १४ वर्षिया एक वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ८ बस्ने २२ वर्षिय विनोद यादव र सोही स्थानका २१ वर्षिय राजकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुवै जना पेशाले सिटी सफारी चालक हुन् । चालकद्धयले गत साउन २४ गते भद्रपुर ३ स्थित चिया बगानमा साझ परेको मौका छोपी बालिकालाई बलात्कार गरेको पिडितका आफन्तले प्रहरीमा जाहेरी दिएपछि यावदद्धय पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी शैलेस थापा क्षेत्रीले बताए । पक्राउ परेका दुवै जनालाई झापा जिल्ला अदालतबाट पााच दिनको म्याद थप गरी जवरजस्ती करणीमा मुद्धा चलाइसकेको एसपी क्षेत्रीले बताए । यता बालिकाको स्वास्थ्य परिक्षण भएपनि अस्पतालबाट रिपोर्ट नआएकोले हाल बालिका सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार सोमबार स्कुल जान्छु भनि घरबाटै भाइलाई लिएर हिडेकी ती वालिका भद्रपुर बजार गएकी थिइन । साझ घर फर्कने बेला भद्रपुरको हस्पिटल मोडमा वसिरहेको अवस्थामा विनोदले कुदाउदै आएको मे १ ह १९०८ नम्बरको सिटी सफारी ती बालिका र उनको भाई चढेकी थिइन् । चालक विनोदले उनको साथी राजकुमारलाई पनि त्यहीबाट सिटी चढाएका थिए । घर पुगाउनु पर्ने साटो चालकद्धयले भद्रपुर पुयाउदै फिल्म हल लगेका थिए । सोही दिन हल बन्द भएका कारण केहि समय सिटीमा नै घुमाएका थिए । सोहि क्रममा राती ८ बजे भद्रपुर ३ स्थित चिया बगान लगेर चालकद्धयले पालैपालो बालिकालाई ललाई फकाई जवरजस्ती करणी गरेको जाहेरवालाले दिएको निवेदनमा उल्लेख गरिएको छ ।

बलात्कार गरेपश्चात चालकद्धयले नजिकै रहेको मन्दिरमा भजनकिर्तन हुदैछ पर्सादी खादै गर्नु हामी सिटी सफारी राखेर आउछु भन्दै फरार भएको थियो । चालकद्धय नआएपछि रातभर केहिबेर हिडेर एउटा घरको बाहिर बसेर रात विताएको र उज्यालो भएपछि चन्द्रगढी आइपुगेको बालिकाले प्रहरी समक्ष दिएको बयानमा उल्लेख छ । राती कहाा गएको भनि पीडितका आमावुवाले सोधपुछ गर्दा बालिकाको भाइले परिवारलाई विस्तृत घटना सुनाएपछि घटना सार्वजनिक भएको थियो । यता प्रहरीमा पिडित परिवारले मंगलबार किटानी जाहेरी दिएपछि फरार रहेका आरोपी मध्ये हस्पिटल चोकको सिटी सफारी केन्द्रमा प्राविधिकको काम गर्दै आइरहेका राजकुमारलाई त्यहाबाट र विनोदलाई हस्पिटल गेट छेऊबाट प्रहरीले पक्राउ परेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर