Aamsanchar

युवती बेच्ने ३ अभियुक्त २५ वर्षपछि पक्राउ

Author Image
शुक्रवार, साउन २८, २०७३

विराटनगर।

जिउ मास्ने–बेच्ने अभियोगमा फरार अभियुक्त २५ वर्षपछि बिहीबार पक्राउ परेका छन् ।

विराटनगर–१२ बस्ने सजी आलम, रजी आलम र मोहम्मद मुस्तकिमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुमाथि २०४८ सालमा जिल्ला प्रहरी कार्यालय मोरङमा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका तीनै जनालाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गराई कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)