Aamsanchar

हस्पिटलले तलब नदिएपछि श्रम कार्यालयमा उजुरी

Author Image
शनिवार, साउन २९, २०७३

पथरी (मोरङ)।

विराटनगरको ग्रिनक्रस हस्पिटलले कर्मचारीलाई तीन महिनाको तलब नदिएपछि श्रम कार्यालय विराटनगरमा उजुरी दिएका छन् ।
सो अस्पतालबाट तलब नपाएर पीडित स्टाफ नर्स भगवती थापाका अनुसार बिनासूचना अचानक बन्द भएको अस्पतालले काम गर्दै आएका १९ कर्मचारीलाई तीन महिनाको तलब नदिएपछि उनीहरुले उजुरी हालेका हुन् ।

अस्पतालले बन्द हुनुभन्दा तीन महिनाअघिदेखिको तलब कर्मचारीलाई नदिएको हो । अस्पतालले तलब नदिएपछि स्टाफ नर्स, अनमी लगायत प्राविधिक क्षेत्रका कर्मचारीले तलब पाउने व्यवस्था मिलाउन माग गर्दै श्रम कार्यालयमा उजुरी गरेका हुन् ।

अस्पतालका सञ्चालक नागेश कोइराला र डा दीपक सिग्देलबीचको विवादले अस्पताल केही दिन बन्द भएको बताइएको थियो । बिनासूचना अस्पताल पुनः सञ्चालन भए पनि अस्पतालले कर्मचारीलाई पहिलेको तलब दिन आलटाल गरेको पीडित थापाको भनाइ छ ।

कर्मचारीलाई डा सिग्देल, व्यवस्थापन समितिका अध्यक्ष डा नवीन सुवेदी र कृष्ण खवासले तलब दिनुपर्ने हालका अस्पताल सञ्चालक कोइराला बताउउनुहुन्छ । बन्द हुनुअघिका सञ्चालकमा डा सिग्देल, डा सुवेदी र खवास हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर