Aamsanchar

बैकहरुको मनमानी विरुद्ध आज दमकका ब्यवसायी संर्घषमा उत्रिदै

Author Image
मङ्गलवार, माघ १५, २०७५

 

झापा दमकका ब्यवसायी तथा बैकका ऋणीहरुले बैकको ज्यादती बिरुद्ध आन्दोलनको तयारी गरेका छन् । उनिहरुले सम्झौता विपरीत जानकारी नदिइकन समेत ब्याज बढाएको जनाउदै आन्दोलनको तयारी गरेकाहुन् ।

दमक उद्योग बाणिज्य संघले नै आन्दोलनको नेतृत्व गर्न लागेको बताइएको छ । अध्यक्ष राजेन्द्र ढकाल, बरिष्ठ उपाध्क्ष बिमल खतिवडा, उपाध्यक्ष युवराज घिमिरेले सामाजिक सञ्जाल फेसबुक मार्फत पीडितहरुको संघको कार्यालयमा  आज २ बजे भेला बोलाएको जनाएकाछन् ।

संघका बरिष्ठ उपाध्यक्ष खतिवडाका अनुसार ब्यापारीहरु ब्यवसाय बन्द गर्नु पर्ने अवस्थामा आइपुगेको छ । ९ प्रतिशत ब्याज भनेर लिएको ऋणको ब्याज अहिले १४ प्रतिशतसम्म बैकले असुलीरहेको उनले बताए । बाणिज्य संघ यस विरुद्ध उत्रन्छ र ब्यवसायीलाइ पलायन हुने अवस्थाबाट जोगाउन लाग्छ, खतिवडाले भने । दमक उद्योग बाणिज्य संघले ब्यवसायीहरुको भेला नै बोलाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 452

प्रतिक्रिया (०)