Aamsanchar

हस्पिटल आएका श्रीमानश्रीमतिको लास होटलमा फेला

Author Image
आइतवार, साउन ३०, २०७३

काठमाडौँ  ।

नुवाकोटको बट्टार–३ बाट श्रीतमीको आँखा अप्रेशन गराउन आएका हेमराज श्रेष्ठ र उनकी श्रीमतीको शव तिलगंगा स्थित ओखलढुंगा गेष्ट हाउसको कोठा नम्वर ४ मा फेला परेको छ ।

२५ गतेदेखी सोही गेष्ट हाउसको कोठा बुक गरेर बसेका ६० वर्षीय श्रेष्ठको शव शौचालयको ढोकाको फ्रेममा नाईलनको डोरीको पासो लगाएर झुण्डीएको अवस्थामा तथा श्रिमतीको शव खाटमा फेला परेको महानगरीय प्रहरी वृत गौशलाका डिएसपी नवराज कार्किले जानकारी दिए ।

अन्दाजी ५५ बर्षिय उनकी श्रीमतीको नाम थर खुल्न नसकेको कार्कीले बताए । उनले भने, ‘आँखा अस्पतालको कागजातमा उल्लेख भएको नाम ठेगाना बुझ्न नसक्ने गरी केरमेट गरिएको छ, मुस्किलले उमेर ५५ बर्षमात्रै खुट्याउन सकियो ।’

प्रहरीका अनुसार साउन २५ गतेदेखि आँखा अप्रेशनको पालो कुरेर बसेका हेमराज दम्पतीले आइतबार विहान रुमको ढोका नखोलेपछी गेष्ट हाउसको स्टाफले झ्यालबाट चियाउँदा उनिहरु मृत अवस्थामा देखेपछी प्रहरीलाई खबर गरेका थिए । ‘गेष्ट हाउस सञ्चालकले खबर गरेपछी हामी पुगेर ढोका फुटाल्यौं’ डिएसपी कार्किले भने, ‘मोवाईलको सिमकार्ड झिकेर ट्वाईलेटको बाल्टीमा सेट डुबाएको अवस्थामा भेटिएको छ, अरु ठेगाना खुल्ने कागज केही फेला परेको छैन ।’

शंकास्पद मृत्युबारे महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले थप अनुसन्धान गरिरहेको कार्किले जानकारी दिए ।यसैगरी काठमाडौँ महानगरपालिका–४ चण्डोल डेरा गरी बस्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१७ घर भएकी ६१ बर्षीया शान्ति खड्का आइतबार डेरा कोठामा सुतिरहेको स्थानमा मृत अवस्थामा फेला परेकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर