Aamsanchar

सिंहवाहिनीको १३औं सभा सम्पन्न

Author Image
सोमवार, माघ २८, २०७५

अर्जुनधारा।

झापाको अर्जुनधारा–४ रातेखालस्थित सिंहवाहिनी देवी भद्रकाली शक्तिपिठ मन्दिर व्यवस्थापन समितिको १३औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

समितिका अध्यक्ष राजेन्द्रराज अधिकारीको अध्यक्षता र वडाध्यक्ष दुर्गाप्रसाद दाहालको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य उपाध्यक्ष अमृत बुढाथोकीले गरेका थिए ।

सभामा अध्यक्ष अधिकारीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कोशी राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको गत आर्थिक वर्ष ०७४÷०७५को जम्मा आम्दानी १२ लाख दुई हजार दुई सय ९८ रुपैयाँ, जम्मा खर्च २० लाख ५३ हजार सात सय ५९ रुपैयाँ र भुक्तान गर्नुपर्ने दायित्व आठ लाख ५१ हजार चार सय ६१ रुपैयाँ उल्लेख गरिएको छ ।


सभामा दहीझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खगेन्द्रकुमार सुब्बा, दुर्गा शक्ति समाज कल्याण संघ ज्येष्ठ मिलन केन्द्रका अध्यक्ष अम्बरबहादुर कटुवाल, उपाध्यक्ष ठाकुरप्रसाद खतिवडा, दाता बीबी कार्की, अगुवाहरु एकदेव खनाल, लोकबहादुर बुढाथोकीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सभाको सञ्चालन सचिव जमुना थपलियाले गरेकी थिइन् । सोही सभाले पुनः अधिकारीकै अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ ।

नवगठित समितिको उपाध्यक्ष अमृत बुढाथोकी, सचिवमा जमुना थपलिया, सहसचिवमा खगेन्द्र कार्की र कोषाध्यक्षमा कोशी राई चयन भएका छन् । समितिको सदस्यहरुमा आशा राई, गजाधर पराजुली, नेत्रबहादुर बुढाथोकी, रञ्जित डाँगी, रामबहादुर कार्की, लीला कटुवाल, शिव श्रेष्ठ, हस्तबहादुर शिवा चयन भएका छन् ।

थप दुई जना सदस्य समितिको पहिलो बैठकबाट मनोनित गरिने कोषाध्यक्ष राईले जानकारी दिइन् ।

Views: 140

प्रतिक्रिया (०)