Aamsanchar

ग्यास चुहिएर आगलागी

Author Image
सोमवार, माघ २८, २०७५

बलेवा,

आज बिहान बागलुङ बजारस्थित हाडेपाखामा ग्यास चुहिएर आगलागी भएको छ । बानपा–२ का रेशमबहादुर विश्वकर्माको घरमा आगलागी भएको प्रहरीले बताएको छ ।

एलपी ग्यासको सिलिण्डर खुला छाडेका कारण लिग भएर आगलागी हुँदा घरमा क्षति भएको छ । डेरामा बस्ने पार्वती विश्वकर्माले ग्यास खुला छाडेकाले उक्त आगलागी भएको थियो ।

समयमै प्रहरी र दमकललाई जानकारी गराइएकाले घटनामा ठूलो क्षति भने भएन ।

Views: 194

प्रतिक्रिया (०)