Aamsanchar

कालिका शिशु सदनको १९औं वार्षिकोत्सव सम्पन्न

Author Image
बुधवार, फागुन १, २०७५

अर्जुनधारा।

झापाको अर्जुनधारा–१० कालिस्थानस्थित कालिका शिशु सदन इङलिस स्कूलको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिकी सदस्य इन्दिरा दाहालको अध्यक्षता र निजी तथा आवासिय विद्यालय संगठन (प्याब्सन) झापाका अध्यक्ष एलपी उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य स्कूलका फाउण्डर प्रिन्सीपल मोहन सुब्बाले गरेका थिए ।

त्यसैगरी कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुने विद्यार्थीहरुमा गत शैक्षिक वर्षका स्कूल फस्ट क्लास वानकी श्रीभा भण्डारी(९६.७०%), स्कूल सेकेण्ड क्लास थ्रीकी रुपसाङ गोम्देन(९६.४५%) र स्कूल थर्ड क्लास वानका सुजय तामाङ(९५.९०%) रहेका छन् । त्यस्तै सोही शैक्षिक वर्षमा मस्ट रेगुलरतर्फ विद्यार्थीहरु क्लास टुका निसूम लिम्बू, क्लास सेभेनका निजल खत्री, सलोन तिम्सिना र सुगम कार्की रहेका छन् ।


यता यस शैक्षिक वर्षको स्टुडेन्ट अफ दी इयरबाट क्लास नाईनका पूजन भण्डारी, मस्ट डिसिप्लेन्डतर्फ क्लास फोरका कुशल पौड्याल र मस्ट नीट एण्ड क्लीनतर्फ क्लास थ्रीकी स्नेहा चौधरी पुरस्कृत भएका छन् ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले रायम्स, मौलिक तथा आधुनिक नृत्यहरु, नाटक, कमेडी, तेक्वान्दो सोलगायत प्रस्तुत गरेका थिए । प्याब्सन झापाका वरीष्ठ उपाध्यक्ष गौरीमान फागो, कालिस्थान बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सन्त गोम्देनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा कालिस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र उप्रेती, मनास्लु युवा क्लबका अध्यक्ष मनोज गोम्देन, राष्ट्रियता युवा संरक्षण मञ्चका अध्यक्ष रञ्जन देवकोटा, कालिका बहुउद्धेश्यीय सहकारी संस्थाका प्रतिनिधि यज्ञलाल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

वार्षिकोत्सव औपचारिक कार्यक्रमको सञ्चालन स्कूलका एक्जाम क्न्ट्रोलर राजकुमार महतरा र सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थीद्धय सलोन तिम्सिना र सुगम कार्कीले गरेका थिए ।

Views: 212

प्रतिक्रिया (०)