Aamsanchar

उत्कृष्ट लोगो डिजाइन गरेका विवेकलाई सम्मान

Author Image
बुधवार, फागुन १, २०७५

रोसन भट्टराई/ झापा ।

बुद्धशान्ति गाउँपालिकाका कम्प्यूटर अपरेटर विवेक खुलाललाई सम्मान गरिएको छ । बुद्धशान्ति गाउँपालिकाको बुधबार भएको परिषद भेलामा उनलाई सम्मान गरिएको थियो ।

गाउँपालिकाको समग्र जातियता, संस्कृति, प्राकृतिक सम्पदा, भुगोल लगायतका सम्पूर्णकुराहरु समेटेर उत्कृष्ट लोगो डिजाइन गरे वापत गाउँपालिकाले उनलाई नगद रु १० हजार सहित सम्मान पत्र र अविर, दोसल्ला लगाई सम्मान गरिएको बुद्धशन्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलले जानकारी दिए ।

लामो समय देखि गाउँपालिको कम्प्यूटर क्षेत्रमा कार्यरत रहेका खुलालले विहान देखि बेलुका सम्मै इमान्दारीताका साथ आफ्नो काम गरेको तथा छुट्टिको समयमा पनि काम परेका समयमा कार्यालयमा उपस्थित भएकोले उनको कामको सम्मान गर्दै हौसलाका लागि यो सम्मान एक प्रेरणा भएको बुद्धशान्ति गाउँपालिका १ का वडाध्यक्ष भिम कुमार नेवारले बताए ।

बुद्धशान्तिका ७ वटै वडा जनप्रतिनिधीहरुको प्रतिनिधीहरुको उपस्थितीमा भएको परिषद भेलामा धेरैले खुलालको खुलेरै प्रसंसा गरेका थिए ।

Views: 519

प्रतिक्रिया (०)