Aamsanchar

बेनीबजारको १८ स्थानमा सौर्य बत्ती जडान

Author Image
सोमवार, साउन ३१, २०७३

म्याग्दी।

download

सदरमुकाम बेनीमा सौर्य सडक बत्ती जडान गरिएको छ । बेनी नगरलाई उज्यालो बनाउन र बजारलाई सुरक्षित बनाउन सौर्य सडक बत्ती जडान गरिएको हो ।

रातको समयमा आवत–जावत गर्न सहज होस् भनेर बेनीको कालीपुलदेखि मङ्गलघाटसम्मको विभिन्न अठार स्थानमा सौर्य सडक बत्ती जडान गरिएको नगरपालिकाका सूचना अधिकृत इन्जिनियर विमल रञ्जन केसीले जानकारी दिनुभयो । सात मिटर अग्लो खम्बामा सोलार प्यानल र ब्याट्रीमार्फत उज्यालो दिने गरी हेडलाइट जडान गरिएको छ । सौर्य सडक बत्ती जडानका लागि रु १८ लाख ३९ हजार १४० लागेको नगरपालिकाले जनाएको छ ।

यो वर्ष सुरु भएको सौर्य सडक बत्ती जडान कार्यक्रम आगामी वर्षदेखि नगरपालिकाका सबै क्षेत्रमा विस्तार गरिने नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले बताउनुभयो । सौर्य सडक बत्ती जडानका लागि स्थानीय विकास मन्त्रालयले ६५ प्रतिशत, नगरपालिका कोषमार्फत २० प्रतिशत अनुदान र उपभोक्तामार्फत १५ प्रतिशत लगानी भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर