

चारपाने, फागुन ५ । ‘यस समारोहमा पाल्नुहुने सम्पूर्णमा हार्दिक स्वागत गर्दछौ“’ मञ्चको सिरानमा ठुला अक्षरमा लेखिएको स्वागतका शब्दहरू । पर्दामा टा“गिएको वार्षिकोत्सवको ब्यानर । खचाखच अभिभावक र अतिथिहरूले भरिएको प्राङ्गण । प्रस्तुतिहरू सबैले सजिलै अवलोकन गर्न पाऊन् भनी मञ्चको उत्तरपट्टि करिब १० फिट अग्लो र त्यति नै चौडा स्क्रिन टिभी ।

यो दृश्य थियो शुक्रबार कर्णाली एजुकेसन फाउन्डेसनको वार्षिकोत्सव समारोहको । पृथक् शैली र भिन्न प्रस्तुतिले अभिभावक दिवसलाई रोमाञ्चक त बनाएकै थियो । कर्णालीका वैज्ञानिक विद्यार्थीको प्रस्तुतिले सबैलाई चकित बनाएको थियो ।

कक्षा दसका रमेश कटुवाल हातमा माइक्रोफोन लिएर दर्शकलाई प्रोजेक्टरमा हेर्न अनुरोध गर्दै थिए, ‘आदरणीय अतिथिज्यूहरू † कृपया प्रोजेक्टरमा हेर्नुहोला ।’ अनि उनले चार थरी आविष्कारका बारेमा नालीबेली लगाए ‘हामीले स्थानीय स्रोत साधनको प्रयोग गरी स्काभेटर, भ्याकुम क्लिनर, हाइड्रोलिक ब्रिज र भाषा बुझ्ने रोबोर्ट बनाएका छौ“ ।’ उपस्थित दर्शकको तालीले हौसिएका रमेशले स्काभेटरले कसरी काम गर्छ भनी देखाउ“दा क्यामेरा म्यानलाई फोकस गर्न पनि भने । पर्दामा हेर्दा त्यो कुनै खेलौना स्काभेटर नभई सा“च्चिकै बाटो खन्ने मिसिन नै देखियो ।

स्थानीय स्रोत साधनलाई प्रयोग गरी कसरी आफ्नो घरको सफाइ गर्ने भन्ने विषयमा जानकारी दि“दै प्रवीण कोइराला र दीपेश बराइलीले प्रस्तुत गरेको भ्याकुम क्लिनरले टेबलको धुलो भित्र तान्दा दर्शक मन्त्रमुग्ध बने । तर त्यो भन्दा अचम्मको आविष्कार थियो हाइड्रोलिक ब्रिज । विशेष यन्त्रका माध्यमबाट सञ्चालन हुने पुल रात परेपछि आफै“ बन्द हुने र दिउसो फेरि सुचारु हुने गरी बनाइएको रहेछ । यो हेरेपछि दर्शकले मन थाम्न सकेनन् । ‘वान्स मोर’ को फोहोरा छुट्यो ।
अनि अचम्म पारे सिद्धान्त गौतमले । कक्षा १० मा पढ्ने सिद्धान्तले आफूले निर्माण गरेको रोबोर्टलाई ‘गो’ भनी आदेश दिनासाथ खुरुरु अघि बढेको रोबोर्ट उनले ‘स्टप’ भनेपछि मात्रै अडियो । फेरि उनले रोबोर्टलाई दाया“–बाया“, वर–पर र अगाडि पछाडि फर्कन दिएको निर्देशन खुरुखुरु पालना गरेपछि दर्शक चिच्याए — वा….उ †
कर्णालीका विद्यार्थीले यी आविष्कार पहिलो पटक बनाएका भने होइनन् । केही महिनाअघि बुद्धशान्ति गाउ“पालिकाले पालिका स्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको थियो । सोही प्रतियोगिताका लागि कक्षा ८ र १० का यी विद्यार्थीले आविष्कार गरेका थिए । त्यसो त गाउ“पालिकामै पनि सबैलाई चकित पार्दै उनीहरूको आविष्कार प्रथम भएको थियो । त्यसपछि झापाका विभिन्न विद्यालयका प्रिन्सिपल, विज्ञान शिक्षक तथा विद्यार्थीहरू आविष्कारको यो कला हेर्न र कसरी काम गर्छ भनी बुझ्न कर्णालीमा आउन थाले । सिद्धान्त र रमेशले कसरी आविष्कार गरियो भन्ने इतिहासका साथ यिनले काम गर्ने तरिकाका विषयमा धेरैलाई बुझाइ सकेका छन् ।
कर्णाली एजुकेसन फाउन्डेसनको वार्षिकोत्सव यही आविष्कारले मात्रै आकर्षक रहेको भने होइन । तिन वर्षीया नानीले कम्मर मर्काउ“दा अतिथिले समेत तिनको प्रशंसा गर्न भ्याए । निर्मला पन्तको तस्बिर अङ्कित ठुलो ब्यानर सहित अभिनयात्मक नृत्यले अभिभावकका आ“सु झारे ।
‘बस….. है आमा, गयौ“ …. है बाबा…..’ बोलको गीतमा सन्देशमूलक संवादको प्रयोग र बमको धुवा“ लागेका आर्मीहरू देख्दा दर्शकले आफू कहा“ छु भन्ने पत्तै पाएनन् । लडाइ“मा निधन भएको आर्मीको शव ल्याएर आमाको अगाडि राखिदि“दा अतिथिहरू भाव विह्वल बने । स्कुलले भरमग्दुर प्रयास गरेको रहेछ । लाइभ गायन प्रस्तुति, विभिन्न संस्कृति झल्किने नृत्य तथा जोडदार मन्तव्यहरूले उपस्थित कसैलाई पनि ‘बोर’ हुन दिएन । ‘कार्यक्रम त यस्तो पो हुनुपर्छ त †’ दर्शक दीर्घामा कमेन्ट हु“दै थियो ।
कर्णाली एजुकेसन फाउन्डेसनले शुक्रबार आफ्नो २२ औं वार्षिकोत्सव दुई दिन लगाएर सम्पन्न ग¥यो । अघिल्लो दिन बिहीबार वर्षभरिका शैक्षिक तथा अतिरिक्त क्रियाकलापका विजेताहरूलाई पुरस्कार वितरण गरेको थियो । दोस्रो दिनको समारोहमा नर्सरीदेखि कक्षा १२ सम्मका करिब छ सय विद्यार्थीहरूले प्रतिभाहरू प्रस्तुत गरेका थिए ।झापा प्याब्सनका अध्यक्ष एलपी उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा स्काउट विद्यार्थीहरूले प्रमुख अतिथिलगायतलाई सलामी अर्पण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप्रेतीले कर्णाली एजुकेसन फाउन्डेसन झापाकै उत्कृष्ट विद्यालय रहेको बताए । कर्णालीले यस अघि प्राप्त गरेको उपलब्धिको चर्चा गर्दै प्रमुख अतिथि उप्रेतीले समारोहमा प्रस्तुत भएका कार्यक्रमले पनि विद्यालयको परिचय दिइरहेको बताए ।
समारोहमा बोल्दै फाउन्डेसनका प्राचार्य गङ्गाराम गड्तौलाले शैक्षिक संस्था सञ्चालन गर्ने व्यक्तिमा स्पष्ट शैक्षिक दृष्टिकोण हुनुपर्ने बताए । यही स्पष्ट दृष्टिकोणकै कारण कर्णाली एजुकेसन फाउन्डेसनले राष्ट्रिय रूपमै आफूलाई स्थापित गर्न सकेको उनको कथन थियो । समाज रूपान्तरणका लागि विद्यालयको अहं भूमिका हुने विचार अघि सार्दै प्राचार्य गड्तौलाले विद्यालयको सर्वाङ्गीण विकासका लागि समाजका सबै नागरिकको दायित्व रहने बताए ।
समारोहमा व्यवस्थापन समिति अध्यक्ष छत्र बहादुर कार्कीले विद्यालयको आर्थिक, भौतिक र शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले कर्णाली एजुकेसन फाउन्डेसन सबै कुरामा पारदर्शी रहेको समेत स्पष्ट पारे । आफूले जीवनको ऊर्जाशील समय शिक्षाक्षेत्रमा खर्चेको स्मरण गर्दै कर्णालीको उपलब्धिले आफूलाई आत्मसन्तुष्टि दिएको समेत बताए ।
वि. सं. २०५३ सालमा स्थापना भएको कर्णाली एजुकेसन फाउन्डेसन नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालित विद्यालय हो । हाल करिब ७० जना शिक्षक–कर्मचारी एवं ९ सय ५० जना विद्यार्थी रहेको विद्यालय बुद्धशान्तिको अब्बल शैक्षिक गन्तव्यका रूपमा चर्चित छ ।
फाउन्डेसनले कक्षा १२ मा ए प्लस ल्याएर उत्तीर्ण हुने रेणुका ओली, एसईईमा ए प्लस ल्याउने रोहन आचार्य र गरिमा नेपाललाई सम्मान ग¥यो ।त्यसै गरी उत्कृष्ट शिक्षकका रूपमा दावा दोर्जे तामाङ र उत्कृष्ट कर्मचारीका रूपमा उमेश भट्टराईलाई सम्मान ग¥यो ।नृत्य प्रशिक्षक, शिक्षक तथा विद्यार्थीहरू समेतको प्रस्तुतिले रोमाञ्चक बनेको कार्यक्रमका ‘मास्टर अफ सेरेमोनी’ थिए विद्यालय संयोजक कृष्ण अधिकारी ।भन्नैपर्ने चाहि“ यही थियो — कार्यक्रम होस् त कर्णालीको जस्तो ।

