काठमाडौँ,।
काभ्रेको विर्ता देउरालीमाबस दुर्घटना २७ को मृत्यु ४० घाइते
काभ्रेको विर्ता देउरालीमा एउटा यात्रुवहाक बस दुर्घटनामा २७ जानाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।
काठमाडौबाट कोशी पारीका लागि गएको बा ३ १०६ नम्बरको उक्तबस उकालोमा तान्न नकस्दा पछाडि सर्दै सडकबाट तल खसेको थियो । उद्धारका लागि प्रहरी घटनास्थलमा पुगि सकेको र स्थानीय पनि उद्धारमा जुटेका छन् घाइते धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।
उद्धार थाल्न प्रमको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेपलाञ्चोकको बिर्तादेउरालीमा बस दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले गृह मन्त्रालयलाई उद्धार कार्यका लागि तत्काल हेलिकप्टर पठाउन निर्देशन दिनुभएको हो ।
“दुर्घटना भएको खबर पाएलगत्तै प्रधानमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्नुभयो र हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिनुभयो” – प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सल्लाहकार आचार्यले भन्नुभयो ।
प्रधानमन्त्रीको निर्देशनलगत्तै गृह मन्त्रालयले घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ पठाएको छ । गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी नेपालले नेपाली सेनाको एमआई १७ हेलिकप्टर घटनास्थलमा पुगिसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म २५ जनाको मृत्यु र अरु ३५ जना घाइते भएको सूचना प्राप्त भएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ ।