Aamsanchar

सडकबत्तीको करोडौं फ्रिज

Author Image
मङ्गलवार, साउन ३२, २०७३

बिर्तामोड ।

800x480_IMAGE50879106झापाको गौरादह नगरपालिकामा सौर्य वत्ती जडान गरिएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय आर्थिक प्रशासन शाखाले झापाका सवै नगरपालिकालाई जनसहभागितामा आधारित सौर्य सडकवत्ती जडानका लागि रु. १३ करोड ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये गौरादह नगरपालिकाका लागि सरकारले रु. १६ लाख रुपैयाँ प्रदान गरेको थियो । नगरपालिकाले अहिले २२ लाख १७ हजार ६ सय ३० रुपैयाँको लागतमा २१ वटा सडक सोलारबत्ती जडान गरेको छ ।
मनिसको आवतजावत बढी हुने स्थान, हाटबजार, चोक लगायतका स्थानमा सडकवत्ती जडान गरिएको नगर अधिकृत कृष्णबहादुर कार्कीले जानकारी दिए । सडकवत्ती जडानका लागि नगरपालिकाको चार लाख र उपभोक्ताबाट दुई लाख १७ हजार ६ सय ३० रुपैयाँ संकलन गरिएको थियो । नगरपालिकाले गौरादह बजारमा पाँच, जुरोपानीमा सात, महारानीझोडामा चार र कोहबरामा पाँच वटा गरी २१ वटा सडकबत्ती जडान गरेको बताइएको छ ।
सडकबत्तीका लागि नौ मिटरको पोलमा १२ भोल्ट र एक सय एम्पियरको व्याट्री तथा ४० वाटको बत्ती राखिएको नगरपालिकाका इञ्जिनियर सचिनकुमार क्षेत्रीले जानकारी दिए । सडकवत्ती जडानका लागि ६५ प्रतिशत सरकारको, १५ प्रतिशत नगरपालिकाको र २० प्रतिशत स्थानीयवासीको सहयोगमा कार्यक्रम सञ्चालन गर्न रकम बिनियोजन गरेको थियो । झापामा ८ वटा नगरपालिका मध्ये सरकारले ७ वटा नगरपालिकाका लागि रकम विनियोजन गरेको थियो । जसमध्ये मेचीनगरपालिकालाई रु. ४ करोड, बिर्तामोडलाई रु. ४ करोड ६० लाख, शनिअर्जुनलाई रु. १७ लाख, कनकाईलाई रु. ५४ लाख, शिवसताक्षीलाई रु. १० लाख, दमकलाई रु. साढे ३ करोड र गौरादह रु. १६ लाख रुपैयाँ रकम विनियोजन भएको थियो ।
यता भद्रपुरलाई भने सरकारले बजेट भाषण मार्फत नै सहरी पूर्वाधार कार्यक्रमका लागि ९ अरव रुपैयाँ छुट्याएको थियो ।
यता सडकवत्ती जडानका लागि मेचीनगर नगरपालिकालाई आएको रु. ४ करोड रुपैयाँ फ्रिज भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले आर्थिक वर्षको अन्त्यमा बजेट विनियोजन भएकाले काम गर्न नसकिएको बताए । उनले अब भदौ २५ गते भित्र उपभोक्ता समिति गठन गरेर पठाउन निर्देशन आएकाले दोस्रो चरणमा सडक वत्ती जडान गरिने जानकारी दिए ।
त्यस्तै बिर्तामोड नगरपालिकाले सडकबत्ती जडानका लागि आएको रकम मध्ये आधा रकम फिर्ता पठाएको छ । चालू आर्थिक वर्ष शुरु भएर मात्रै रकम आएकाले कार्यविधि अभावमा आधा रकम फिर्ता पठाएको नगर अधिकृत रवीन्द्र वस्तीले बताए । उनले बाँकी रकमले धमाधम काम भइरहेको बताए । सडकबत्ती जडानका लागि एक करोड २८ लाख रुपैयाँ उपभोक्ताले सङ्कलन गरेका छन् । त्यस्तै नगरपालिकाले पनि १५ प्रतिशत रकम जम्मा गरिसकेको नगरअधिकृत वस्तीको भनाइ छ । सडकवत्ती जडानका लागि २२ वटा उपभोक्ता समिति गठन गरिएको र असोज मसान्तभित्रमा काम सम्पन्न गर्ने वस्तीको भनाइ छ । यता दमक नगरपालिकाको पनि बिनियोजित बजेट फ्रिज भएको छ । पूर्वमा नाम चलेका नगरपालिकाहरु बिराटनगर, इटहरी उपमहानगरपालिका, धरानको पनि बजेट फ्रिज भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)