Aamsanchar

आमालाई कुर्दाकुर्दै करेन्टले दाजुभाइको ज्यान लियो

Author Image
मङ्गलवार, साउन ३२, २०७३

बुटवलः

wire-shock

विद्युत प्राधिकरणको लापरबाहीले कारण हाइटेन्सन तार चुँडिएर मंगलबार बुटवलमा दुई नाबालकले  मृत्यु भएको छ ।  बुटवल उपमहानगरपालिका १२ कालिकानगरको अभियान पथमा अचानक चुँडिएको तार शरीरमा खसेपछि करेन्ट लागेर १० बर्षीय रोहित र ६ बर्षीय रोहन क्षेत्री दाजुभाइको घटनास्थलमै मृत्यु भएको हो ।

तिलोत्तमा नगरपालिका २०मा रहेको घरबाट बुटवल बजारतर्फ साइकलमा गइरहेका बेला घटना भएको हो । आमालाई पर्खन साइकल रोकेर सडक किनारमा सुस्ताएको वेलामा अचानक तार उनीहरुको शरिरमा खसेको थियो ।

वडा प्रहरी कार्यालय बुटवलका निरीक्षक प्रदीप कुमार डिसीले शव परिवारलाई जिम्मा लगाएको बताए । बाबु गोपाल क्षेत्री सामान्य मजदुर हुन् । गोपालका चारछोरा मध्ये रोहित र रोहन माइलो र साँहिलो भएको प्रहरी निरीक्षक डिसीले बताए ।

स्थानीय बासिन्दाले सो क्षेत्रमा हाइटेन्सन तार लच्केर जोखिमयुक्त अवस्थामा भएको भएपनि विद्युत प्राधिकरणले अनुगमन गरेपनि तारको व्यवस्थापन नगरेको गुनासो गरेका छन् । घनाबस्ती बीचको भित्री सडकबाट हाइटेन्सन तार विस्तार गर्नु विद्युत प्राधिकरणको गल्ती भएको आरोप स्थानीयको छ  ।

विद्युत प्राधिकरणको बुटवलस्थित क्षेत्रीय कार्यालयका प्रमुख विभूतिनाथ मिश्रले घटनाबारे अनुसन्धान गर्न आफ्नो कार्यालयका प्राविधिकको संयोजकत्वमा जिल्ला प्रशासन र बुटवल उपमहानगरपालिका१२ कार्यालयको प्रतिनिधि संलग्न छानबिन समिति गठन गरेको बताए ।

उनले तारमा उच्चभार नवहेको, गाडीले ठक्कर नदिएको र कसैले तारमा नहिर्काएको अवस्थामा कसरी अचानकबीच भागबाट मूलतारको अंश चँुडियो भनी आश्चर्य लागेको बताए । पोलनजिकको क्षेत्रबाट तार चुँडिएने समस्या कहिलेकाहीँ हुने गरेपनि विचभागबाट चँुडिएको यो अनौठो समस्या भएको उनको भनाइ छ ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर