Aamsanchar

तोपगाछी र भोक्राहामा दुर्घटना, २ को मृत्यु

Author Image
बुधवार, भदौ १, २०७३

झापा ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको तोपगाछी सडकखण्डमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ मधुमल्ला–७ निवासी ४० वर्षीया सावित्रा निरौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे २ प २२९० नंको मोटरसाइकललाई ना ६ ख २२९९ नंको बसले ठक्कर दिँदा उनको मृत्यु भएको बताइएको छ । उनी सोही मोटरसाइकलको पछाडि सवार रहेको बताइएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक मधुमल्ला–७ का ४५ वर्षीय पदमबहादुर गहतराज घाइते भएका छन् । उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न सवारी र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको बताइएको छ ।

यसैगरी, सुनसरीको भोक्राहामा भएको सवारी दुर्घटनामा परी झापा चारपानेका ३२ वर्षीय अच्युत ढुङ्गानाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा–९ स्थित सडकखण्डको कलभर्टमा बा ७ च १५२७ नंको कार ठोक्ँिकदा उनको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनी सहारा नेपाल, इनरुवा शाखामा कार्यालय प्रमुखका रुपमा कार्यरत रहेको बताइएको छ ।

दुर्घटनामा परी कारका चालक सुनसरी इनरुवा–६ निवासी ३० वर्षीय महेश गुरागाईं र कारमा सवार झापा चारपाने–२ का २९ वर्षीय नारायण पोखरेल घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवैको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर