काठमाण्डौं ।

नेपालका आदिवासी शेर्पा लगायत हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज ग्याल्बो ल्होसार मनाउँदैछन् ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । जसअनुसार बाँदर वर्ष पूरा भई आजदेखि चरा वर्ष सुरु भएको हो ।
आजैबाट बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा बौद्ध धर्मावलम्बीले १५ दिनसम्म विशेष कार्यक्रम गरी मनाउने गर्छन् । ग्याल्बो ल्होसारका अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्र लगायत सरोकारवाला संघसंस्थाले विशेष कार्यक्रम आयोजना गर्दैछन् ।

Views: 131

