Aamsanchar

आगलागीवाट १९ वटा पसल सखाप भए

Author Image
बुधवार, भदौ १, २०७३

1

आगलागी भएको पसलहरु

 

विनोद पाण्डे

बिर्तामोड, भदौ १ । झापाको विर्तामोड नगरपालिका वडा नं. ६ स्थित कृषिथोक बुधबारे बजारमा गएराती आगलागी भएको छ । बिहान ३ बजेर ३० मिनेटमा विधुत सर्टभई भएको आगलागीबाट १९ वटा पसलमा क्षती पुगेको हो ।

 

2

आगलागीमा बचेका कपडाहरु सम्हाल्दै व्यापारीहरु 

विर्तामोड नगरपालिको स्वामित्वमा संचालित मर्केटमा मोहमत आली हुसेनको कस्मेटिक्स पसल,वोलो राजवंशीको कपडा, अशोक राजवंशीको कपडा, रतन राजवंशीको रेडिमेट कपडा, दुर्गा खड्काको कपडा, सुरजन दाहालको कपडा, अम्बिका शिवाकोटीको कपडा, दुर्गा बरालको कपडा, कमला पौडेलको कपडा, रामवली शाहाको कस्मेटिक्स, कमला बस्नेतको कपडा, छोटेलाल शाहाको कपडा, मनु राईको कपडा, ईन्दिरा न्यौपानेको फेन्सी कपडा, लालबहादुर विष्टको कपडा, चन्द्रप्रसाद कटुवालको कपडा, कृष्ण शाहाको रेडिमेट कपडा, अवुल हुसेन अन्सारीको चुरा कस्मेटिक्स, घनश्याम अधिकारीको जुत्ता पसलमा आगलागी भएको हो ।

 

3

आगलागी भएको स्थल निहाल्दै सर्वसाधारणहरु

तिन दर्जन भन्दा वढी सटर कोठा भएको मार्केटमा भएको आगलागी, विर्तामोड,भद्रपुर,दमक,मेचीनगर पालिकाकाको दमकलले आगोलाई नियन्त्रणमा लिएका थिए । अरु पसल आगलागी हुनवाट वाट बचेको एक प्रतयक्ष दर्सीले जनाएका छन । आगलागी भएका १९ वटा पसल मध्य १ दर्जन पसल पुर्ण क्षती भएका छन भने बाकी पसलहरु भने पुर्ण क्षतीहुनबाट बचेको छ ।आगलागीवाट कती क्षतीभयो भन्नेबारे यकिन तथ्याङक आई सकेको छैन । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)