Aamsanchar

शिविरबाट २७७ नागरिकता वितरण

Author Image
शुक्रवार, फागुन २४, २०७५

रामेछाप,

रामेछापको लिखु तामाकोशी गाउँपालिकाको धोवीमा सञ्चालन भएको दुईदिने एकीकृत घुम्ती शिविरमा २७७ लाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी ३१७ ले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् । शिविरमा ४१ उद्योग र वाणिज्य दर्ताका लागि सिफारिश प्रदान गरिएको छ ।

शिविरमा लिखु तामाकोशी गाउँपालिका वडा नं १, २, ३, ४ र ५ का सेवाग्राहीको ठुलो भीड लागेको थियो । नागरिकले सिंहदरबारको अधिकार गाउँमा गएको प्रत्यक्ष अनुभूत गर्न पाऊन भनी गाउँपालिकामा शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले बताउनुभयो ।

शिविरमा नागरिकता वितरण, मतदाता परिचयपत्रका लागि फोटो खिचाउने तथा घरेलुको सिफारिश दिने कामसमेत भएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले बताउनुभयो ।

शिविरमा वडा कार्यालयले व्यक्तिगत घटना दर्ता तथा विभिन्न सिफारिशलगायतका सेवासमेत प्रदान गरिएको थियो ।

Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर