Aamsanchar

हात्तीको आक्रमणले एकको मृत्यु

Author Image
मङ्गलवार, फागुन २८, २०७५

भद्रपुर, 

जङ्गली हात्तीको आक्रमणबाट कनकाई नगरपालिका–२ का ६३ वर्षीय होमनाथ खनालको मृत्यु भएको छ ।

आज अपराह्न जामुनखाडी सामुदायिक वनमा घाँस काट्न जानुभएका खनाललाई हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार खनालसँगै घाँस काट्न गएका कनकाई–२ माझी गाउँका चार जना भने भागेर बच्न सफल भएका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय सुुरुङ्गाको प्रहरी टोली पुगेको छ ।

Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर