Aamsanchar

दुर्घटनामा दुईको मृत्यु

Author Image
बुधवार, फागुन २९, २०७५

लहान,

पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहास्थित सुरुङ्गा खोलाको पुलमा आज बिहान मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने छ यात्रु घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको का १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका–५ निवासी ६५ वर्षीय मो. मजलुम मियाँ र ४५ वर्षीय रामे पासवानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाबका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मोटरसाइकलाई ठक्कर दिएलगत्तै पुलमै बस पल्टिँदा बसमा सवार सात यात्रु घाइते भएको र उनीहरुलाई उपचारको लागि लहानस्थित अस्पताल पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

आगलागीमा रु १५ लाखको क्षति 

बिहेमा खाना पकाउँदै गर्दा ग्यास सिलिण्डर पड्केर सिरहाको लहान नगरपालिकामा गएराति आगलागी हुँदा करीब रु १५ लाख मूल्यबराबरको क्षति भएको छ । लहान नगरपालिका २२ गम्हरिया निवासी राधेश्याम चौधरीको घरमा बिहे भोज बनाइरहँदा अचानक ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा बिहेको लागि ल्याएको नगद, सुनचाँदी र सरसामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

आगलागीबाट चौधरीले छोरीको बिहेका लागि ल्याएका रु आठ लाख बराबरको सरसामान, रु दुई लाख नगद र रु डेढ लाखको सुनचाँदी जलेर नष्ट भएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

घरबाट आगो सल्केर चौधरीसहित छिमेकी दुखी चौधरी, बालकृष्ण चौधरीको एक÷एक घर र खाद्यान्न गरी करीब रु १५ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र लहान नगरपालिकाको दमकलले दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर