झापा ।



नेपाल विद्यार्थी संघ बाह्रदशी गाउँ समितिको आयोजनामा शनिबार अन्तर माध्यमिक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा पशुपति माध्यमिक विद्यालय प्रथम भएको थियो भने लिटर स्टार मावि दोस्रो र फूलबारी माविले तेस्रो स्थानमा चित्त बुझाएको थियो ।
झापा जिल्ला नेविसंघको कार्यतालिका अनुसार झापाका प्रत्येक स्थानीय तहमा हाजिरीजवाफ गरि त्यहाका विजेता लाई जिल्ला स्तरीय प्रतियोगिता मा सामेल गराउने कार्यक्रम अनुरुप बाह्रदशीमा पनि प्रतियोगिता गराईएको नेपाल विद्यार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेतीले बताएका छन् ।

नेविसंघ बाह्रदशी गाउँ सभापति मिलन बस्नेतको सभापतित्व, बाह्रदशी गाउँपालिका अध्यक्ष खड्ग राजवंशीको प्रमुख आतिथ्यता, नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेती विशिस्ट आतिथ्यता, नेपाली काँग्रेस झापाका पूर्व सचिव दयानन्द गोस्वामी लगायतको आतिथ्यतामा भएको कार्यक्रममा नेबिसंघ जिल्ला प्रवक्ता संजय निरौला ,शिक्षक महासंघ बाह्रदशीका अध्यक्ष कमल चम्लागाइ ,नेबिसंघ जिल्ला सदस्य पारसमणी तिम्सिना ,गौरीजंग क्षेत्री लगायत पार्टीका विभिन्न प्रतिनिधि र नेविसंघ हल्दिबारी र बार्हदशी का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

