Aamsanchar

विप्लव नेतृत्वको नेकपामा संलग्न रहेको आशङ्कामा चार पक्राउ

Author Image
शुक्रवार, चैत ८, २०७५

सोलुखुम्बु,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध रहेको आशङ्कामा चार जना पक्राउ परेका छन् । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो ।

Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर