धनकुटा ।

धनकुटाको पर्यटकीय नगर हिले बजारमा आगामी नयाँ वर्षको अवसर पारेर पाँच दिने दोस्रो खाना महोत्सव आयोजना हुने भएको छ ।

यसै महिनाको ३० गते सुरु हुने महोत्सव बैशाख ४ गतेसम्म सञ्चालन हुने महोत्सव मुल आयोजक समितिका संयोजक खगेन्द्र विष्टले जानकारी दिनुभयो । महोत्सवसमा अग्र्यानिक मौलिक परिकारलाई प्राथमिकता दिइने जनाईएको छ । खानामा प्रयोग हुने मसला समेत स्थानीय स्तरबाट प्रयोग गरिने आयोजकको भनाई छ ।
पुर्वकै प्रमुख पर्यटकीय गन्तव्य समेत रहेको हिलेमा थप पर्यटक आकर्षण गर्न ५ दिने महोत्सव आयोजना गरिन लागिएको संयोजक विष्टले बताउनु भयो । हिले पर्यटन तथा पुर्वाधार विकास संस्था र क्षेत्रीय होटल एशोसिएसनको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिन लागिएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय मौलिक खानाको कम्तिमा २० स्टल रहने छ ।

सो अवसरमा तामाङ, शेर्पा, नेवारी, मगर लगायत विभिन्न जातिको मौलिक परिकार तथा जातिय संस्कृति झल्कने झा“की समावेश गरिने भएको छ । कम्तिमा ५० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्रिने र १ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको लक्ष्य छ ।

