बिर्तामोड,

झापाको बुद्धशान्ति गाउँपालिकास्थित हडिया खोलामा डुबेको अवस्थामा एक बृद्धको शव फेला परेको छ ।

बुद्धशान्ति गाउँपालिका–१ मा रहेको हडिया खोलाको गणेश पैनीमा सोही स्थानका ६१ वर्षीय लालबहादुर लिम्बूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मंगलबार बिहान उनको शव फेला परेपछि पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले बताए ।

Views: 124

