Aamsanchar

बिर्तामोडबाट सूर्योेदय टीभीको नियमित प्रसारण

Author Image
शुक्रवार, भदौ ३, २०७३

suryodaya-2

काँकडभिट्टा (झापा) ।

झापाको विर्तामोडमा स्थापित सूर्योदय टेलिभिजनले नियमित प्रसारण सुरु गरेको छ ।

२०७३ साल वैशाखमा परीक्षण सुरु गरेको सूर्योदयले गत भदौ १ गतेदेखि नियमित प्रसारण थालेको हो ।

सूर्योदय झापाको दोस्रो टेलिभिजन स्टेसन हो । यसअघि दमकमा स्थापित हिमशिखर टेलिभिजनले आफ्नो प्रसारण जारी राखेको छ ।

सूर्योदयले नियमित प्रसारण थालेयता बिहान–बेलुकी समाचार र अन्य समयमा मनोरञ्जनात्मक लगायतका कार्यक्रम प्रस्तुत गर्दै आएको छ ।

‘स्पेशलिङ्क टिभी एण्ड मिडिया’ प्रालिद्वारा सञ्चालित सूर्योदयमा रु एक करोड ५० लाख प्रारम्भिक लगानी भएको सञ्चालकको भनाइ छ ।

हाल मेची अञ्चलभर हेर्न सकिने सूर्योदयलाई एक वर्षभित्रै नेपालभर र आइपी कनेक्सनमार्फत विश्वको जुनसुकै कुनाबाट पनि हेर्न सकिने सूर्योदय टेलिभिजनका व्यवस्थापक याम विमली बताउनुहुन्छ ।

स्थानीय विषयवस्तुलाई प्राथमिकता दिइने टेलिभिजनको नीति रहेको टेलिभिजनका कार्यकारी प्रमुख विष्णु मैनालीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर