Aamsanchar

चौथो नगरसभामा ४ अन्तराष्ट्रिय स्वर्ण पदक विजेतालाई सम्मान

Author Image
मङ्गलवार, चैत १९, २०७५

खुदुनाबारी । अर्जुनधारा नगरपालिकाको चौथो नगरसभा सुरु भएको छ ।  चौथो नगरसभाको अवसरमा मंङ्लबार सुरु चौथो नगरसभामा अन्तर्रािट्रय स्वर्ण पदक विजेता तीन जनासहित चार जनालाई सम्मान गरेको हो ।

तेक्वान्दो खेलमार्फत अन्तर्रािष्ट्रय पदक विजेता खेलाडीलाई अर्जुनधारा नगरपालिकाले नगदसहित सम्मान गरेको हो । चीनमा सम्पन्न द वल्र्ड हिरो कपमा सहभागी अर्जुनधारा ९ निवासी दिपेन धिमालले उमेर समूहमा स्वर्ण जित्नुभएको थियो ।

त्यस्तै, २० वर्षीय धिमालले ५८ केजी तौल समूहअन्तर्गत सिनियर तर्फ स्वर्ण जित्नुभएको थियो । उहाँहरुलाई नगरपालिकाले नगद २५ हजारसहित प्रशंसापत्र प्रदान ग¥यो । द वल्र्ड हिरो कपमै ४२ केजी तौल समूहतर्फ सहभागी एन्किला राईले पनि स्वर्ण जित्नु भएको हो ।

अर्जुनधारा–९ की एन्किलालाई पनि नगद २५ हजार प्रदान गरिएको छ । त्यस्तै, ४२ केजी तौल समूहबाट सहभागी अर्जुनधारा–९ निवासी १७ वर्षीय विवेक गिरीलाई पनि नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।त्यस्तै, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट चरणमा स्वर्ण पदक विजेता अर्जुनधारा–५ का अरुण डाँगीलाई पनि नगदसहित प्रशंसापत्र प्रदान गरियो ।

खोटाङको दिक्तेलमा सम्पन्न १ नम्बर प्रदेशस्तरीय प्रतियोगितामा १९ वर्षीय अरुणले ५४ केजी तौल समूहबाट प्रतिस्पर्धा गर्नुभएको थियो । कार्यक्रममा एन्किला उपस्थित हुनुभएन भने अरुणको प्रशंसापत्र उहाँका आमा गीता डाँगीले ग्रहण गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिनुभयो । यसैबीच, स्वर्ण पदकधारी दिपेन धिमाललाई खेलको तयारीका लागि थप २५ हजार प्रदान गरिएको छ । प्रदेश सांसद बृख प्रधान, नगर प्रमुख हरि कुमार राना, उप–प्रमुख कमला खतिवडा(आचार्य) ले नगद, दोसल्ला र प्रशंसापत्र प्रदान गर्नुभएको थियो । नगरसभामामा कार्यपालिकाका निर्णयहरु पेश भएको र बुधबार पनि संचालन हुने प्रमुख प्रशासकीय अधिकृत भूर्तेलले जानकारी दिनुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर