Aamsanchar

विश्व फोटोग्राफी डे,दश तथ्य खुलासा

Author Image
शुक्रवार, भदौ ३, २०७३
फोटो पत्रकार विनोद पाण्डे

फोटो पत्रकार विनोद पाण्डे

आज वर्ल्ड फोटोग्राफी डे, विश्वभर मनाइदैछ। हरेक वर्ष जस्तै अगस्ट १९ मा यो  डे मनाउने गरिन्छ।  विश्व फोटोग्राफीको इतिहास करिब दुई सय वर्ष रहेपनि फोटोग्राफी डे भने सन् १८३९ बाट मात्र मनाउन सुरु गरिएको हो।

सन् १८२६ मै निसेफर निपसेले हेलियोग्राफी प्रविधि मार्फत ‘भिउ फ्रा द विन्डो एट ले ग्रास’ भन्ने फोटोग्राफ सिर्जना गरेका थिए।

विश्व फोटोग्राफीकोबारे यी दश तथ्य
१. सन् १८३९ अगस्ट १९ मा फ्रेन्च सरकारले डागुएरोटाइपको अधिकार खरिद गरेर फ्रि टु द वल्र्ड भन्दै रिलिज गरेको थियो। त्यसै दिन देखि यस दिनलाई फोटोग्राफी डे को रुपमा मनाउन थालियो।

२. उक्त डायुएरोटाइपको सन् १८३७ मा आविष्कार गरिएको हो। जसलाई फस्ट प्राक्टिकल फोटोग्राफिक प्रोसेस भनिन्छ।

३. त्यस भन्दा अघि सन् १८२६ मा पर्मानेन्ट फोटोग्राफिक इमेज बनाइएको थियो। जुन एकदमै गाह्रो तरिकाले बनाइएको थियो। यसलाई हेलियोग्राफी प्रोसेस भनिन्थ्यो।

४. फोटोग्राफ बनाउनको लागि त्यतीबेला ८ घण्टा समय लाग्थ्यो।

५. डिजिटल क्यामेरा र मोबाइल फोनको विकासले गर्दा अहिले हरेक वर्ष विश्वमा ३५० विलियन भन्दा बढी फोटो खिचिन्छ।

६.करिब २५० विलियनको हारहारीमा फोटोग्राफ फेसबुकमा अफलोड भएका छन्।

७. क्विन भिक्टोरिया र प्रिन्स अल्वर्टले विन्ड्सर कयास्टलमा आफ्नो फोटोग्राफीको सोख पुरा गर्न डार्करुम नै बनाएका थिए।

८. चन्द्रमाको पहिलो फोटो सन् १८५१ मा खिचिएको थियो। यसको डार्क साइडको फोटो भने १९५९ मा खिचिएको हो।

९.सुरुमा प्रचनलमा रहेको फोटोग्राफ शब्दको प्रयोग सन् १८३९ मा सर जोन हर्सेलले गरेका हुन्।

१०. फोटोग्राफको छोटो शब्द फोटोको पहिलो प्रयोग क्विन भिक्टोरियाले सन् १८६० को दशकमा गरेकी हुन्।

Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर