Aamsanchar

१०४ लाई ‘स्क्रब टाइफर्स’ सङ्क्रमण

Author Image
शुक्रवार, भदौ ३, २०७३

रत्ननगर (चितवन)

। चितवनमा फैलिएको स्क्रब टाइफर्स रोगका कारण १०४ जनामा सङ्क्रमण भएको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कर्यालय चितवनले आज यहाँ आयोजना गरेको पत्रकार अन्तक्र्रियामा चितवन मेडिकल कलेजका सञ्चालक डा दयाराम लम्सालले २२२ जनामा गरिएको परीक्षणमा १०४ जनामा सङ्क्रमण भएको जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकामा बढी सङ्क्रमण देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले यसअघि ६७ जनामा सङ्क्रमण भएको सार्वजनिक गरेको थियो । चितवनमा सोही मेडिकल कलेजमा मात्रै रोगको परीक्षण हुँदै आएको छ । केही दिनअघि किट सकिएकाले उपचारमा समस्या भए पनि अहिले भने किट आइपुगेको डा लम्सालले जानकारी दिनुभयो ।

प्रकोप फैलिंँदै गएको भए पनि यहाँको भरतपुर अस्पताल र भरतपुर मेडिकल कलेजमा किट ल्याएर परीक्षण हुनसकेको छैन ।

जिल्लामा २०७३ साल वैशाखपछि अहिलेसम्म उक्त रोगको अवस्था र सङ्क्रमणको बारेमा आज पहिलोपटक जनस्वास्थ्य कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जिल्लामा उक्त रोगका कारण एकजना महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।

यसअघि धरानमा उपचार गरिएका सङ्खुवासभा र भोजपुरका गरी दुई बिरामीको ज्यान गइसकेको छ ।

नेपालका २० जिल्लामा स्क्रब टाइफर्सका बिरामी भेटिएका छन् । अघिल्लो वर्षबाट आधिकारिक रुपमा नेपालमा सरकारले सङ्क्रमण पत्ता लगाएको हो ।

मुख्यगरी मुसामा लाग्ने एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरी मसिना बिबिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने यसको लक्षण हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)