Aamsanchar

बिर्तामोडका आगलागी पीडितलाई कर्णालीको सहयोग

Author Image
शुक्रवार, भदौ ३, २०७३

झापा।
कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड झापाले बिर्तामोडका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।
दुई दिन अघि विद्युत सर्ट भएर बिर्तामोडको कृषि उपज बजारको मिनी मार्केटमा आगलागी हुादा एक करोड ५१ लाख रुपैयााको क्षति भएको थियो । आगलागिबाट पीडित बनेका आफ्ना शेयर सदस्यलाई प्रति सदस्य १० हजारका दरले सहकारीले आर्थिक सहयोग गरेको हो । उनीहरुलाई विना व्याज दुई लाख रुपैयाासम्म ऋण सहयोग गर्ने सहकारीका अध्यक्ष टीएस प्रधानले बताउनुभयो ।
आर्थिक सहयोग पाउनेहरुमा मनु राई, लालवहादुर विष्ट, अशोक राजवंशी, सावित्रा राजवंशी, वोलो राजवंशी, नजामा खातुन रहेको सहकारीका सचिव भूपाल बस्नेतले जानकारी दिनुभयो ।
सहकारीले आगलागी पीडित अन्यलाई पनि सहकारीमा आवद्ध गराउदै एक लाख रुपैयाासम्म विना व्याज व्यापार व्यवसाय गर्न ऋण उपलव्ध गराउने अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)