महोत्तरी,

महोत्तरीको सोनमा गाउँपालिका–७ मा गए राति विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोनमा गाउँपालिका–७ बस्ने हरिनारायण साहकी पत्नी ६० वर्षीया सिकिलादेवी साह रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।
साहले खेतबारीमा किरा मार्न प्रयोग गर्ने थाइमेट नामक विषादी सेवन गरेपछि उनको अवस्था सिकिस्त भएर परिवारजनले उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा गए राति करीब ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साहले के–कति कारणले विषादी सेवन गरेको भन्ने खुलेको छैन ।
Views: 341

