Aamsanchar

गाईगोरु तस्करीको मुख्य नाका ज्यामिरगढी

Author Image
शनिवार, भदौ ४, २०७३
 ज्यामिरगढी ३ स्थित चौधरी चोक पूर्वमा भारत लैजाने तयारी अवस्थामा गाइगोरु


ज्यामिरगढी ३ स्थित चौधरी चोक पूर्वमा भारत लैजाने तयारी अवस्थामा गाइगोरु

झापा।

झापाको ज्यामिरगढी नाका गाईगोरु तस्करीको मुख्य नाका बन्न थालेको पाइएको छ । भन्सार प्रज्ञापनपत्र बिना यस नाकाबाट एक हप्तामा ५ देखि ७ सय संख्यामा गाईगोरु भारत निकासी हुने गरेको बताइएको छ ।

झापाका प्रहरी, प्रशासनले गाइगोरु तस्करी नियन्त्रणमा खासै चासो नदेखाउदा अहिले ज्यामिरगढी नाका गाइगोरु तस्करको अखडा बन्न थालेको स्थानीय बताउछन । भारत हुदै नेपाल भित्रीएका गाईगोरु कोशी पारीबाट झापा आउने गरेको छ । झापाको नकलबन्दा पछिको मुख्य नाका अहिले ज्यामिरगढी बनेको हो । कोशी पारीबाट आउने गाइगोरु ट्रकमा लोड गरेर यहा ल्याउने गरेको स्थानीयको भनाई छ । एउटा टकमा कम्तिमा ३५ देखि ४० वटाको संख्यामा गाइगोरु ज्यामिरगढी ल्याउन र यहााबाट भारत पठाउने गरेको एक स्थानीयले बताए ।

ज्यामिरगढीबाट भारतको बंगाल स्थित अधिकारी बजार नजिकै पर्ने भएकोले झापाका गाईगोरु तस्कर समूहले यस नाकालाई चुनेको बुझिएको छ । यसैक्रममा झापाको ज्यामिरगढी नाकाबाट गाइगोरु तस्करी बढेको भन्दै स्थानीय युवा समूहले शुृक्रवार राती ज्यामिरगढी ३ स्थित चौधरी चोक अडडी भन्ने भारत पठाउने तयारी अवस्थामा राखिएको गोरु नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएको छ । त्यहा रहेको ४० देखि ५० वटा गोरु आइतबार सम्म प्रहरीकै नियन्त्रणमा रहेको ज्यामिरगढी प्रहरी चौकीका इन्चार्ज अर्थात असई जिवबहादुर कार्कीले बताए । उनले भने भन्सार प्रज्ञापनपत्र विना लैजान राखिएको गोरु प्रहरीकै नियन्त्रणमा रहेको बताउदै प्रज्ञापपत्र काटेर आएमा छाडिदिने बताए । ज्यामिरगढीमा भन्सार छ ? भन्ने बिषयमा असई कार्कीसंग जिज्ञासा राख्दा– उनले भने ‘यहाा भन्सार छै्रन ।’ भन्सार नै स्थानबाट गाइगोरु भारत खुल्लेआम लैजानुमा स्थानीय प्रहरीसंग गोरु व्यापारीको सेटिङ रहेको प्रस्ट बुझिन्छ ।

मेची भन्सार कार्यालय काकरभिट्टाले मेची सहित झापाका केही छोटी भन्सारलाई गोरु भारत निकासीका लागि प्रज्ञापनपत्र काट्ने अनुमति दिएको छ ।

एक लटमा १ सय १३ रुपैया तिरेर हुलका हुल गोरु भारत लैजाने प्रावधान रहेपनि नकलबन्दा छोटी भन्सार बाहेक कुनै पनि छोटीमा गोरु निकासीका लागि व्यापारी वा तस्करले प्रज्ञापनपत्र भरेको रेकर्ड देखिदैन ।

गाईगोरु तस्कर समूलले नकलबन्दा छोटी भन्सारबाट आफ्नो बचाउ तथा कानुनी प्रक्रिया पूरा गर्नलाई गोरुको भन्सार प्रज्ञापनपत्र बनाएर ज्यामिरगढी नाकाबाट लैजाने गरेको बुझिएको छ । पहिला ज्यामिरगढी नाकाबाट दैनिक १० देखि १५ वटा गाइगोरु लुकाएर भारत लैजाने गरेका थिए । हाल आएर खुलेआम ट्रकका ट्रक गाइगोरु यहा ल्याएर भण्डार गर्ने र सजिलै प्रहरीकै आखा अगाडीबाट भारत लगिरहेको स्थानीय वेदराज काफ्ले बताए । यस नाकामा खुृलेआम गाईगोरु तस्करी बढेकोले स्थानीयलाई राती सुत्न समस्या हुन थालेको छ । एक सयको हारहारीमा रहेको गाईगोरु पिठानीहरु यहा आउने र खेतबारीबाटै गाइगोरु लैजाने गरेकोले स्थानीयको अन्नवाली नष्ट हुन थालिसकेको स्थानीय बाबु ताहानले बताए । यस नाकाबाट एक हप्ता मात्र एक करोड बढीको गाईगोरु भारत निकासी हुने गरेको स्थानीयबासीहरु बताउछन ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)