Aamsanchar

झापासहित तराईका पाँच जिल्लामा बैशाख २ गते सार्वजनिक बिदा

Author Image
शुक्रवार, चैत २९, २०७५

झापा ।

सरकारले सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शुक्रवार सूचना प्रकाशन गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले उक्त सूचना पाँचवटै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिसकेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए। सरकारले अघिल्लो वर्ष सिरुवा पर्वको बिदा कटौती गरेपछि आदिवासी समुदायले बिदाको माग राखेका थिए।

तराइमा बस्ने आदिवासी ९राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी ० समुदायले सिरुवा मनाउने चलन रहेको छ। २०७६ साल नयाँ वर्ष शुरु भएकै दिनदेखि तीन दिनसम्म यी समुदायले सिरुवा पर्व मनाउने गरेको छ।

पहिलो दिन पानी, दोस्रो दिन हिलो र अन्तिम दिन रंग सिरुवा पर्व धुमधामका साथ मनाउने गरेको राजवंशी विकास समिति झापाका अध्यक्ष पुकारचन्द्र राजवंशीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर