Aamsanchar

४०० शिक्षक किताबखानाको फन्डामा

Author Image
शनिवार, भदौ ४, २०७३

si6yak kitab khana

काठमाडौं  ।

शिक्षकले नागरिकता र शैक्षिक प्रमाणपत्रमा आफ्नो जन्ममिति मेट्ने गरेको पाइएको छ ।  त्यस्तो कार्य गरेका चार सय शिक्षक विद्यालय शिक्षक किताबखानाको फन्दामा परेका छन् । यस्तौ गैरकानुनी र अनैतिक कार्य गर्ने शिक्षकबाट बिगो भराई कारबाही प्रक्रिया अगाडि बढाइएको छैन ।

किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले भन्नुभयो, “उमेर ढाँटेर बढी अवधि जागिर खान खोज्ने शिक्षकहरू जतिसुकै छलछाम गरे पनि उम्किन सक्दैनन् । ” किताबखानाको फन्दामा परेका ती शिक्षकहरूबाट जागिर खाएको बढी अवधिको करिब आठ करोड रुपियाँ असुल गरिसकिएको छ ।

किताबखानाले पछिल्लोपटक नक्कली कागजात बनाएको फेला पारी हेटौँडाको जनप्रिय उच्च माध्यमिक विद्यालयका शिक्षक शिवदयाल यादवबाट १४ लाख ६१ हजार ९४३ रुपियाँ असुल गरेको छ ।  महोत्तरी निवासी शिक्षक यादवले गत २०६९ साल वैशाखमा अवकाश हुनुपर्नेमा २०७३ वैशाखसम्म जागिर खान पाउने गरी जन्ममिति सच्याएको पत्ता लागेको थियो ।  महानिर्देशक ढुङ्गानाले महोत्तरीस्थित जिल्ला प्रशासन कार्यालयको सहयोगमा छानबिन गर्दा शिक्षक यादवले उमेर सच्याएको प्रमाणित भएको थियो ।

उहाँले २००७ साल जन्ममिति भएका कतिपय शिक्षकले नागरिकता र शैक्षिक प्रमाणपत्रमा केरमेट गरी २०१७ साल बनाएको फेला पारिएको जानकारी दिँदै भन्नुभयो, “जन्ममिति सच्याएर पनि झुक्याउन सकिन्छ भन्ने शिक्षकको सोच देख्दा अचम्म लाग्छ । ”

किताबखानाले गत आर्थिक वर्ष २०७१/७२ मा १५१ त्यस्ता शिक्षकबाट दुई करोड ६२ लाख ४१ हजार रुपियाँ असुल गरेको थियो भने २०७२/७३ मा १३३ शिक्षकबाट दुई करोड २० लाख १६ हजार रुपियाँ जरिवाना गरिएको थियो ।  आर्थिक वर्ष २०७०÷७१ मा दुई करोड ४९ लाख रुपियाँ असुल गरिएको थियो ।

उहाँले गत वैशाखदेखि हालसम्ममा उमेर सच्याउन खोज्ने ५३ जना शिक्षकलाई फेला पारिएको जानकारी दिनुभयो ।  प्राथमिक तहका ३७, निम्न माध्यमिक तहका सात र माध्यमिक तहका नौजना शिक्षक फेला परेका छन् ।
अवकाश हुनु छ महिनाअघि विद्यालय शिक्षक किताबखानाले शिक्षकले अवकाश पाउन लागेको जानकारी सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा पठाउने गरेको छ ।  शिक्षक आफैँले अवकास पाउनु नौ महिनाअघि विद्यालयलाई जानकारी दिनुपर्ने व्यवस्था छ ।

उहाँले भन्नुभयो, “शिक्षकका सम्पूर्ण जानकारी जिल्ला शिक्षा कार्यालयसँग हुन्छ ।  जिशिका र विद्यालय निरीक्षकको कमजोरीका कारण शिक्षकहरूले बद्मासी गर्ने अवसर पाइरहेका छन् ।गोरखापत्र

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)