Aamsanchar

छोराले गरे आमाको हत्या

Author Image
शनिवार, भदौ ४, २०७३

जाजरकोट,

hatya

जाजरकोटमा छोराले आमाको हत्या गरेका छन् । सल्ला गाविस –१ लैकमका ३८ वर्षिय बृद्धिबहादुर खत्रीले ६५ वर्षीय आमा देउती खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ ।

साउन २२ गते जग्गाका विषयमा विवाद भएपछि छोराले बन्चरोले हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मत वोहोराले वताउनु भयो । पक्राउ परेका खत्रीले प्रहरी समक्ष अपराध स्वीकार गरेका छन् ।

खत्रीले भदौ २ गते आमा हराएको भन्दै सेपुखोला प्रहरी चौकीमा निवेदन दिएपछि छानवीन गर्दा घटनाको रहस्य खुलेको हो । खत्रीलाई शुक्रबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । खत्रीले दिएको वयानको आधारमा खाडल खनेर उत्खनन गरेपछि मात्रै वास्तविकता बाहिर आउने प्रहरी निरीक्षक बोहोराले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)