Aamsanchar

होटलबाट रंगेहात तीन जोडी पक्राउ

Author Image
शनिवार, भदौ ४, २०७३

बिर्तामोड ।

SAMSUNG CAMERA PICTURES

 

प्रहरीले झापाको विर्तामोडमा सञ्चालित कसल होटलबाट होटल सञ्चालक रञ्जना चापागाई सहित ६ जनालाई पक्राउ गरेको छ ।
होटलमा चापागाईले लामो समयदेखि केटी राखेर यौन धन्दा सञ्चालन गर्ने गरेको गोप्य सुचनाको आधारमा छापामारी तीन पुरुष र तीन महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । शनिबार सांझ अनैतिक क्रियाकलाप गर्दागर्दै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका एक प्रहरी सहायक निरीक्षकले बताए ।
उनले भने– बजार ऐरिया भन्दा बाहिर रहेको सो होटलमा दिँउसैबाट यौन जन्य गतिविधि हुदो रहेछ सुचनाको आधारमा उनीहरुलाई रेडहेण्ड समातियो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखिएको छ । यता शुक्रबार विर्तामोडमा सञ्चालित ५ होटलबाट होटल सञ्चालक शिव पौडेल सहित २१ जनालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)