Aamsanchar

बिर्तामोड उद्योग बाणिज्य संघले चार व्यक्तीलाई गर्यो सम्मान

Author Image
आइतवार, वैशाख २२, २०७६

बिनोद पाण्डे

चारपाने, बैशाख २२ । व्यपारीहरुको छाता संगठन बिर्तामोड उद्योग बाणिज्यसंघले आफ्नो तेस्रो बार्षिक साधारणसभा आफ्नै स्वामित्वमा रहेको अतिथि सदनमा आईतबार सम्मन गरेको छ ।

बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको सभाको प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष चण्डीराज ढकालले द्विप प्रज्जवलन गरेर उदघाटन गरेका थिए ।

कर शिक्षा सम्बन्धी विभिन्न कार्यक्रम, व्यवसायी र घर धनी विच भएका समस्याको समाधान, बिर्तामोड नगरपपालिकाले बिर्तामोड उद्योग बाणिज्य संघको नाममा बिनियोजन गरेको रकमवाट अतिथि सदनको माथिल्लो तला मर्मत सुधार कार्य सुरु, बिर्तामोडमा अन्तराष्ट्रिय स्तरको औधोगिक व्यापार महोत्सव सम्पन्न गरिसकेको र बिर्तामोड बजार सरसफाई, फुटपाट र पार्किङ व्यवस्थापन, बढदो सवारीका कारण बिर्तामोड अस्तव्यस्त बन्दै गएकोले ट्राफिक व्यवस्थापन, महिला उद्यमीका लागि व्यक्तित्व विकास तथा शिपमुलक कार्यक्रम, व्यापारी र सामाजिक प्रयोजनको लागि कम्तिमा ४ बिगाह जमिन खरिद गर्ने, तिन–तिन बर्षमा अन्तराष्ट्रिय व्यापार मेला लगाउने, राजनितिक भात्रीसंगठन तथा विभिन्न संघसंस्थाको वहानामा हुदै आएको बिर्तामोड बन्द गर्ने कार्यलाई रोकेर बन्न निषेधित बिर्तामोड बनाउन सर्वपक्षिय छलफलका लागि पहल गर्ने, बिर्तामोड बजार क्षेत्रलाई बेलुका आठ बजे सम्म खुल्ला गरेर व्यापार व्यवसाय र्निधक्क संचालन गर्न सक्ने वातावरण बनाउने, सब बहानको अतिनै आवसेकतालाई महसुस गरेर विभिन्न गैरआवसिय संस्थाबाट  सब वहानको लागि सहयोग जुटाउन सक्रिय बन्ने, अतिथि सदनको माथिल्लो भाग भत्काएर एसी सहितको सुविधा सम्पन्न हल निर्माण कार्यलाई अघी बढाईएको जस्ता कार्यक्रम अध्यक्ष कुमार भट्टराईले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका थिए ।

कार्यक्रममा चारजनालाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेहरुमा बिर्तामोड अन्तराट्रिय व्यापार महोत्सव सफल बनाउन योगदान गर्ने प्रेस संयोजक केशव भट्टराई, प्रभातफेरी संयोजक राजेन्द्र चौलागाइ“, सा“कृतिक संयोजक श्याम खड्गी र स्थल उपलब्ध गराउने रोशन प्रसाईलाई कदर पत्र र दोसल्लाले सम्मान गरिएको थियो, चारै जनालाई प्रमुख अतिथि ढकाले सम्मान गरेका थिए ।

सभामा भवन निर्माण संयोजक राजु न्यौपानेले निमार्ण कार्यको प्रतिवेदन, बरिष्ठ उपाध्यक्ष प्रकास शिवाकोटीले स्वागत र कार्यक्रमको संचालन महासचिव प्रसान्त भण्डारीले गरेका थिए ।

खुल्ला सत्रमा उद्योग बाणिज्य संघहरुको तर्फवाट उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, संघसंस्थाहरुको तर्फवाट अलैंची व्यवसायी महासंघका महासचिव सुभास भट्टराई, बिर्तामोड उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष बलराम कार्की, उद्योग संघका अध्यक्ष टिका ढकाल, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य केशवराज पाण्डे,  उमेश डालमिया, राजनितिक दलहरुको तर्फवाट बिर्तामोड नेकपा अध्यक्ष ज्ञानुराम प्रसाई लगायतले मन्तव्य राखेका थिए ।

Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर