Aamsanchar

जनताको तटबन्ध कार्यक्रम सञ्चालनमा

Author Image
आइतवार, भदौ ५, २०७३

पथरी (मोरङ)।

download

मोरङको बक्राहा खोला नियन्त्रणका लागि जनताको तटबन्ध कार्यक्रम सञ्चालनमा आएको छ । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरका डिभिजन प्रमुुख देवनारायण साहका अनुसार बर्सेनि वर्षायाममा आउने बाढीका कारण जनताले समस्या भोगेपछि यसै वर्षदेखि सरकारले बक्राहा खोला नियन्त्रणका लागि जनताको तटबन्ध कार्यक्रम ल्याएको हो ।

कार्यक्रमअन्तर्गत खोला नियन्त्रणका लागि रु तीन करोड रकम विनियोजित भएको र त्यसका लागि डिपिआर तयार भएको छ । जनताको तटबन्ध कार्यक्रम सञ्चालनमा आएपछि नदी नियन्त्रणमा सहयोग पुुग्ने जनाइएको छ ।

चुुरेदेखि भारतको सीमासम्म बक्राहा खोलामा दुुवैतर्फ तटबन्ध गर्दा रु तीन अर्ब ६५ करोड खर्च लाग्ने बताइएको छ । विसं २०५२ मा ओपेकको सहयोगमा नेपाल सरकारले दुुवैतर्फ गरेको तटबन्ध प्रायः सबै भत्किएकाले पनि नयाँ तटबन्ध आवश्यक रहेको छ ।

जनताको तटबन्ध कार्यक्रमको विनियोजित रकम र अरु थप रकम सरकारसँग माग गरेर हसन्दह, राजघाट, मधुमल्ला, गोविन्दपुुर तथा वर्डगालगायतका संवेदनशील स्थानमा तारजाली तथा बोल्डर लगाएर तटबन्ध निर्माण गरिने कार्यालय प्रमुुख साहको भनाइ छ ।

साउन महिनाको पहिलो साता आएको बाढीले जीर्ण भएको तटबन्ध भत्काएर गाउँमा पसेको थियो । जसका कारण एक हजारभन्दा बढी परिवार विस्थापित भएका थिए भने करोडाँैको क्षति भएको थियो । बाढी पसेपछि हजारौँ बिगाहा जमिन बालुुवामा परिणत भएको छ । बक्राहा खोलामा यसपटक रु ६० लाखमात्र बजेट आएकाले पूरा काम गर्न समस्या भएको कार्यालयले जनाएको छ ।

वर्षायाममा भयावह रुपमा बाढी आउने बक्राहा खोलालाई स्थायी रुपमा समाधान खोज्नुुपर्ने सो क्षेत्रका बासिन्दाको भनाइ छ । बजेट कम भए पनि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले अस्थायी बाँधका रुपमा प्रकोपाइन पद्धतिमार्फत तटबन्ध गरेको जनाएको छ ।

कार्यालयले बाढीले भत्काएको हसन्दहको २ र ३ नं वडामा, मधुमल्ला, राजघाट, गोविन्दपुर तथा वर्डगा गाविसमा सो प्रविधि अपनाएर बाँध बाँधिएको कार्यालय प्रमुुख साहको भनाइ छ ।

बाँसलाई १० फिटसम्म दुम्सीको काँडा जस्तै बनाएर बाँस र बालुुवाको बोरा र त्यसपछि बाँध बाँधेर यो प्रविधिअन्तर्गत बाँध बाँधिएको साहले बताउनुुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर