Aamsanchar

यौन सम्पर्क गर्दागर्दै युवतीसहित सशस्त्रका असईदेखि सांसदका भान्जासम्म पक्राउ

Author Image
आइतवार, भदौ ५, २०७३
SAMSUNG CAMERA PICTURES

SAMSUNG CAMERA PICTURES

बिर्तामोड ।
प्रहरीले झापाको बिर्तामोडमा सञ्चालित कसल होटलबाट होटल सञ्चालक रञ्जना चापागाईसहित ६ जनालाई पक्राउ गरेको छ ।
होटलमा चापागाईले लामो समयदेखि केटी राखेर यौन धन्दा सञ्चालन गर्ने गरेको गोप्य सूचनाको आधारमा छापामारी तीन पुरुष र तीन महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । शनिबार सााझ उनीहरुलाई अनैतिक क्रियाकलाप गर्दागर्दै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका एक प्रहरी सहायक निरीक्षकले बताए ।
उनले भने– बजारक्षेत्रभन्दा बाहिर रहेको सो होटलमा दिउासैबाट यौनजन्य गतिविधि हुने सूचनाको आधारमा उनीहरुलाई रंगेहात समातियो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखिएको छ ।
यता शुक्रबार बिर्तामोडमा सञ्चालित ५ वटा होटलबाट होटल सञ्चालक शिव पौडेलसहित २१ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये चार जनालाई प्रहरीले छाडेको छ ।
पक्राउ परेका मध्ये सशस्त्र प्रहरी सीमा सुरक्षाबल चन्द्रगढीमा कार्यरत प्रहरी नायव निरीक्षक (असई) र डाक्टर तथा एक नर्स पनि रहेका छन् ।
त्यस्तै एक सांसदका भाञ्जा पनि रंगेहात पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका असईलाई विभागीय कार्वाहीका लागि सशस्त्र प्रहरीलाई जिम्मा लगाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)