झापा ।
सिद्धार्थ वैक लिमिटेड शाखा कार्यालय बिर्तामोडले एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
बैंकको संस्थागत सामाजिक उतरदायित्व अन्तरगत बिर्तामोडमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा बिर्तामोडस्थित अग्रसेन भवनमा शिविरको आयोजना गरेको थियो ।
जसमा २ सय ८० जनाले सेवा लिएको बैंकका प्रदेश नम्वर १ को उपप्रदेश कार्यालय बिर्तामोडका प्रमुख सुवाष श्रेष्ठले जानकारी दिए । जसमा २५ जनामा मोतियाविन्दू देखिएकाले आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाका लागि पठाइएको वैंकका शाखा प्रवन्धक हरिप्रसाद लामिछानेले जानकारी दिए । शिविरमा अर्जुनधारा नगरपालिका र बिर्तामोड नगर क्षेत्रका सर्वसाधारणले आँखा जाँच गराएका थिए ।
जसमध्ये २६५ जनाले निःशुल्क औषधि र १३६ जनाले निःशुल्क चस्मा वितरण गरिएको थियो । शिविरमा अस्पतालका सन्तोष कर्ण, कविता कार्की कडरिया, युवराज वोहोरा , पुनम सुव्वा मुखिया लगायतको प्राविधिक टोलीले शेवा दिएका थिए ।