Aamsanchar

पुरानो राष्ट्रगान बजाउँदा दुई जना पक्राउ, अभद्र व्यवाहारको मुद्दा !

Author Image
बिहिवार, जेठ २, २०७६

काठमाडौं।

पुरानो राष्ट्र गान  ‘श्रीमान् गम्भीर नेपाली’ बजाउँदा बुटबलवाट शाही युवा शक्तिका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई २८ वैशाखमा बुटवलको ट्राफिकचोकमा भएको भेलामा उक्त गीत बजाएको भनी पक्राउ गरिएको हो । उनीहरुलाई अभद्र व्यवहारको मुद्धा चलाइएको छ ।

शाही युवा शक्तिले पक्राउ गरिएका कार्यकर्ता रिहाईको माग गरेको छ । उसले रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । केसीका परिवारले पत्रकार सम्मेलन गरी उनी अनशनमा रहेको र स्वास्थ्य विग्रन थालेको जानकारी दिएका छन् ।-दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर