Aamsanchar

चालीस हजार पशुलाई खोरेतविरुद्धको भ्याक्सिन

Author Image
आइतवार, भदौ ५, २०७३

इलाम।

cow

पशुमा खोरेत रोग लाग्न नदिन जिल्ला पशुसेवा कार्यालयले सञ्चालन गरेको एक महिने खोप अभियानका क्रममा ४० हजार पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाइएको छ ।

खोरेत रोग लाग्नबाट बचाउन र यस रोगलाई जिल्लामै भित्रन नदिन कार्यालयले सीमावर्ती क्षेत्र र राजमार्ग आसपासका गाईभैँसीमा खोप लगाएको हो ।

सीमावर्ती क्षेत्रका पशुबाट हैजाका रूपमा देखिने यो रोग नलागोस् भनेर बेलैमा दक्षिणी झापा र पूर्वाेत्तर भारतीय सीमासँग जोडिएका जिल्लाका दानाबारी, चुलाचुली, जिर्मले, शान्तिपुर, जमुना तथा मेची राजमार्ग आसपासमा पर्ने गाविसका गाईभैँसीमा खोप लगाइएको वरिष्ठ पशु विकास अधिकृत पशुपति ढुङ्गानाले बताउनुभयो ।

मेची राजमार्गअन्तर्गत कोल्बुङदेखि राँके बजारसम्मको करिब ५०० मिटर आसपासका गोदक, कोल्बुङ, हर्कटे, सूर्याेदय नगरपालिका, इलाम नगरपालिका, बरबोटे, साँखेजुङ, चमैतालगायतका गाविसका पशुमा खोरेत रोगविरुद्धको भ्याक्सिन लगाइएको हो ।

खोरेत रोगविरुद्धको भ्याक्सिन नियमित रूपमा लगाउने हो भने यसबाट कुनै क्षति नहुने पशु प्राविधिकहरू बताउँछन् । छ÷छ महिनामा यी क्षेत्रमा पुनः भ्याक्सिन लगाइनेसमेत ढुङ्गानाले जानकारी दिनुभयो ।

यो रोग लागेका पशुले ¥याल काढ्ने, खुर पाक्ने, ज्वरो आउने, सिँगान बग्ने खालका लक्षण देखाउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)